Logo

२०८३, श्रावण ३०गते


images
images

सडक

मनाङका सडक रातिमा बन्द

मनाङका सडक रातिमा बन्द

images
  • मनाङका सडक रातिमा बन्द
    images
    images

    मनाङ । जिल्ला प्रशासन कार्यालय मनाङले जिल्लाका चार प्रमुख सडक रातिमा संचालनमा रोक लगाएको छ । मनसुन सक्रिय भएपछि आजदेखि यही असोज २० गतेसम्म ठूलो वर्षा हुने सूचना जारी भएपछि मनाङ–लमजुङ सडकसहितका सडक रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

    images
    images
    images

    निश्चित समयमा मात्र सवारीसाधन सञ्चालन गर्न पाइने र तोकिएको समय बाहिर आवागमन गर्न रोक लगाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालद्वारा जारी सूचनामा उल्लेख छ। 

    images
    images
    images

    सम्भावित वर्षाको कारणले भूक्षय, बाढीपहिरोको जोखिम रहेकाले मस्र्याङ्दी, नारखोला, दूधखोला, डोनाखोला तथा ठाडाखोलालगायत स्थानीय खोलामा पानीको सतह बढ्ने, बाढीपहिरो गई आसपासका क्षेत्रमा जोखिम हुनसक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न, बेंसीसहर–चामे–खाङ्सार सडकलगायत स्थानीय ग्रामीण सडकमा सवारीसाधन चलाउँदा आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन ट्राफिक प्रहरी र सुरक्षा निकायको निर्देशनको पालना गर्न सर्वसाधारणसहित सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ ।

    images
    images
    images

    मनाङको डिस्याङ, हुम्डेदेखि चामे जाने सडक, चामेको कोतोदेखि बेशीशहर लमजुङ, तालडाँडा चौकीदेखि बेशीशहरसम्म र लमजुङको जगतदेखि मनाङसम्म जाने सडक रातिमा बन्द गरिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मनाङ
  • # सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।