Logo

२०८३, श्रावण ३०गते


images
images

सडक

असोज २० गतेसम्म सिन्धुपाल्चोकका मुख्य तथा सहायक सडक रातिमा बन्द

असोज २० गतेसम्म सिन्धुपाल्चोकका मुख्य तथा सहायक सडक रातिमा बन्द

images
  • असोज २० गतेसम्म सिन्धुपाल्चोकका मुख्य तथा सहायक सडक रातिमा बन्द
    images
    images

    सिन्धुपाल्चोक। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

    images
    images
    images

    जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका धेरै भूभागसहित सिन्धुपाल्चोकमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासनले असोज १७ देखि २० गतेसम्म जिल्ला भित्रका मुख्य तथा सहायक राजमार्गहरूमा राति ७ बजेदेखि बिहान ५ बजेसम्म दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सवारी साधानबाहेक सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।  वर्षाको मात्रा र जोखिमको स्तर अनुसार अन्य समयमा पनि आकस्मिक रूपमा राजमार्ग बन्द गर्न सकिने समेत जनाइएको छ । 

    images
    images
    images

    जिल्ला आपतकालीन बैठकले गरेको निर्णय अनुसार बाढी, पहिरो, डुबान र चट्याङको जोखिम न्यूनीकरणका लागि विभिन्न तयारी र प्रतिकार्य योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताएका छन् । विपद् व्यवस्थापनका लागि नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, चौतारा अस्पताल, विभिन्न संघ–संस्था तथा स्थानीय तहलाई पूर्ण सक्रिय रहन निर्देशन गरिएको छ ।

    images
    images
    images

    त्यस्तै, नदी किनार र अत्यन्त जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्तिहरुलाई स्थानीय तह र सुरक्षाकर्मीको समन्वयमा सुरक्षित स्थानमा सारिने जिल्ला प्रशासनले सुचना जारी गरेर जानकारी दिएको छ । साथै जिल्लामा उपलब्ध दमकल, एम्बुलेन्स र हेभी इक्विपमेन्टलाई चालकसहित २४ घण्टा तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ ।

    सडक अवरुद्ध भएमा नजिकका सुरक्ष इकाइहरुले सडक डिभिजन, पूर्वाधार कार्यालय र निजी क्षेत्रसँग समन्वय गरी हेभी इक्विपमेन्ट तुरुन्त परिचालन गर्ने बास्तोलाले बताए। उद्धार र राहतका लागि सिन्धु–सुकुटे क्षेत्रका र्‍याफ्टिङ व्यवसायीहरुसँग पनि आवश्यकता परेमा बोट, कायाक र अपरेटर उपलब्ध गराउन समन्वय गरिएको छ। स्थानीय तहलाई मौसम बुलेटिन र जोखिमसम्बन्धी सूचना प्रभावकारी ढंगले सञ्चार गर्ने, आपतकालीन कार्यसञ्चालन केन्द्र पूर्ण रूपमा परिचालन गर्ने, स्वयम् सेवक परिचालन गर्ने र उद्धार–राहतका लागि स्रोत साधन तयारी अवस्थामा राख्न आग्रह गरिएको छ।

    त्यस्तै जिल्ला प्रशासन कार्यालयले विपद् जोखिम न्यूनीकरणका लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्क रहन तथा जनस्तरमा सचेतना फैलाउन समेत अपिल समेत गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।