बुटवल । रुपन्देहीमा १६ वटै स्थानिय तहका विद्यालय बन्द हुने भएका छन् । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्लाका सबै स्थानिय तहका प्रमुखबीच भएको छलफलले जिल्लाका सबै विद्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासनको यो निर्णयसंगै सबै विद्यालयमा सञ्चालित परिक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित हुने भएको छ ।
त्यसैगरी रुपन्देहीमा सञ्चालन हुने सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने छ। बैशाख १४ गते मंगलबारदेखी जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने प्राप्त समाचारमा जनाइएको छ ।
जिल्ला भित्र सञ्चालन हुने सबै हाटबजार सञ्चालनमा पनि रोक लगाउने निर्णय समेत बैठकले निर्णय गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology