Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा एमालेलाई धक्का, सिङ्गो बस्ती नै एमाले परित्याग गरि काङ्ग्रेसमा प्रवेश

गुल्मीमा एमालेलाई धक्का, सिङ्गो बस्ती नै एमाले परित्याग गरि काङ्ग्रेसमा प्रवेश

images
  • गुल्मीमा एमालेलाई धक्का, सिङ्गो बस्ती नै एमाले परित्याग गरि काङ्ग्रेसमा प्रवेश
    images
    images

    माधव ज्ञवाली, गुल्मी । गुल्मीमा सिंगो बस्ती नै काँग्रेसमा प्रवेश गरेको छ। विगत देखि नै एमालेको प्रभाव रहेको  जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न. २ स्थित  सानो ग्वादीको सिंगो वस्ती नै नेपाली कांग्रेस प्रवेश गरेको हो। 

    images
    images
    images


    २८ घरका ६० जना भन्दा धेरै स्थानीयहरु एमाले परित्याग गरि नेपाली काँग्रेसमा एक साथ प्रवेश गरेका हुन् । स्थानीय समाजसेवी, दलित अगुवा तथा नेकपा एमालेका गाउँ कार्यसमिति सदस्य कृष्ण वहादुर विकको नेतृत्वमा उनीहरु काँग्रेस प्रवेश गरेका हुन । नेपाली काँग्रेस रुरुक्षेत्र २ ग्वादीको आयोजनामा भएको नयाँ पदाधिकाररुको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा सिंगो गाउँका २८ घर धुरीका ६० ले पार्टी परित्याग गरेको यो गाउँकै पहिलो घटना हो ।  

    images
    images
    images

       
    नेपाली कांग्रेस रुरुक्षेत्र वडा २ का सभापति नारायण ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले १४ औं महाधिवेशन पछि नेपाली काँग्रेसको नयाँ सोंच र अभियानलाई आत्मसाथ गर्दै नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर बढ्नु आफैमा अत्यन्तै महत्वपूर्ण भएको धारणा व्यक्त गरे । 

    images
    images
    images

    received_224626209730615.jpeg
     काँग्रेसले अव कुनै पनि हालतमा जनताको शिर झुक्न नदिने र विकासका हरेक कार्यलाई प्राथमिकता दिएर अगाडी बढ्ने बताउँदै  उनले भने " काँग्रेसले नयाँ नेपाल निर्माणका साथै अवहुने निर्वाचनमा वहुमत ल्याउँने छ, काँग्रेस जनमुखी  भएर अगाडी बढ्ने वेला भएको छ । " दलित भएकै कारण र गरिब भएकै कारण हुने विभेदका साथसाथै सबै प्रकारका विभेदको अत्यका लागि नेपाली काँग्रेस गुल्मीले सधै बिरोध गर्ने र समतामूलक समाज निर्माणमा सबैको ध्यान जानुपर्ने धारणा समेत उनले व्यक्त गरेका छन्  ।

     
     नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले बिकास र निर्माणमा काँग्रेसले गरेको योगदानलाई अव जनताले मुल्यांकन  गरेर अगाडि  बढ्ने वेला भएको धारणा व्यक्त गर्दै हरेक क्षेत्रबाट  नेपाली काँग्रेस प्रतिको जनलहरका कारण पार्टी प्रवेश गर्नेहरुको संख्या बढेकोमा खुसी व्यक्त गरे । पार्टी सचिव भट्टराईले रुरुमा नेकपा एमालेले राज्य संचालन गर्दै आएको भएता पनि हाल सम्म स्थानीय मतदाताका कुनै पनि समस्याहरुको पहिचान गर्ने प्रयास नगरेका कारण एमाले परित्याग गर्नेहरुको संख्या बढेको ठोकुवा गरे । 


     कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सहसचिव छवि पाण्डेले काँग्रेस जनताको पार्टी भएका कारण काँग्रेस प्रतिको विश्वास बढ्दै गएको बताए । कार्यक्रमका अर्का वक्ता नेपाली काँग्रेस क्षेत्र १ प्रदेश 'क' का सभापति सन्तोष गौतमले नेपाली काँग्रेसको इतिहास आफैमा गौरवशाली भएका कारण पनि मुलुकलाई संकट पर्दा काँग्रेस अगाडी आउँने गरेको धारणा व्यक्त गरे ।  प्रदेश 'क' का उपसभापति मंगलवहादुर रेगामीले रुरुक्षेत्रका जनताका हरेक समस्याहरु एमालेका जनप्रतिनिधीले वेवास्ता गरेका कारण यहाँका जनताको मन दुखेको आरोप लगाए ।
    यता नेपाली कांग्रेस रुरुक्षेत्र गाउँ कार्य समितिका सभापति  देवेन्द्र मल्लले  आगामी स्थानीय चुनावमा रुरुक्षेत्रमा नेपाली काँग्रेसको जीत हुने पनि ठोकुवा गरेका छन्  ।


    कार्यक्रमका सभापति नारायण ज्ञवालीले  नेपाली कांग्रेस  प्रवेश गर्ने सबै साथीहरुलाई जिम्मेवारी दिन पुराना साथीहरु जति वेला पनि तयार रहेको साथै नयाँ र पुराना विच कुनै पनि विभेद नहुने धारणा बताएका छन्  । नेपाली काँग्रेस रुरुक्षेत्र गाउँ कार्य समितिका उपसभापति चिरन्जिवी अर्यालको स्वागत मनतव्य रहेको कार्यक्रमको संचालन सचिव सुमन वरालले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।