बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गुरुङ समुदायको पर्व तमू ल्होसारको शुभकामना दिएका छन् । शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशमा संघीयताको कुशल कार्यान्वयन गर्ने बताएका छन् । राष्ट्रिय राजनीतिमा केही राजनीतिक दल र नेताहरूले संघीयता भद्दा भएको र उद्देश्य अनुरुप काम हुन नसकेको औल्याइरहेको बेला लुम्बिनीका मुख्यमन्त्रीले संघीयताको कुशल कार्यान्वयन गरिने बताएका हुन् ।
ल्होसारको शुभकामना दिंदै मुख्यमन्त्री केसीले गुरुङ समुदायको भाषा, धर्म, संस्कृतिको विकास र समृद्धीका लागि प्रदेश सरकारले पहल गर्दै आएको र आगामी दिनमा पनि पहल गर्ने प्रतिद्धता व्यक्त गरेका छन् ।
नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने जनाउँदै मुख्यमन्त्री केसीले विगतका भएका तमाम परिवर्तनकारी आन्दोलनहरुले सबै समुदायलाई राज्यको मुलधारमा लिनका लागि गरिएको समाबेसी, समानुपातिक अवधारणाले सबै समुदायको समानुपातिक विकास गरेको उल्लेख गरेका छन् ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology