Logo

२०८३, श्रावण ३०गते


images
images

सडक अवरुद्ध

पहिरोले देशका कुन कुन सडक अवरुद्ध छन् ?

पहिरोले देशका कुन कुन सडक अवरुद्ध छन् ?

images
  • पहिरोले देशका कुन कुन सडक अवरुद्ध छन् ?
    images
    images

    काठमाडौँ । काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । बाढी, पहिरो तथा सम्भावित विपद् जोखिमलाई मध्येनजर गरी यात्रुको सुरक्षाको लागि  रातको समयमा विभिन्न  नाका  हुँदै काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरने सवारी साधनको आवत- जावतमा भने रोक  लगाइएको  छ ।   

    images
    images
    images

    पहिरो र  बाढीका कारण आवातजावत अवरुद्ध भएका सडकखण्डहरू:

    images
    images
    images

    १- कान्ति लोकपथमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका ८ बगुवा र भर्‍याङडाँडा तथा बकैया गाउँपालिका ११ सिमात र घट्टेपाखामा पहिरो खस्दा सवारी आवागमन रोकिएको छ ।

    images
    images
    images

    २- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी बजार नजिकै  रहेको  खोलाको  पुलमा बाढीको प्रभाव परेकोले सिस्नेरी-काठमाडौँ सडक अवरुद्ध भएको छ । 

    ३- विपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला , बुलढुंगा  र मंगलटार खोलामा आएको बाढीले  सडक  कटान  गरेकाले आवत-जावत  अवरुद्ध भएको छ ।  

    ४- कोशी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन आज पनि चल्न सकेका छैनन् ।

    ५- पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् । 

    ६- रसुवाको गोसाईकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।

    ७- मध्य पहाडी लोकमार्गमा पर्ने सिन्धुलीको फिक्कल गाउँपालिका ६ नागस्थानमा  सडकमा खसेको  पहिरोले  गर्दा सवारी आवागमन  प्रभावित  भएको  छ ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।