Logo

२०८३, कार्तिक २९गते


images
images

प्रतिनिधि सभा निर्वाचन

सुर्य थापाको टिप्पणी : असंवैधानिक प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले चुनाव गराउदैनन्

सुर्य थापाको टिप्पणी : असंवैधानिक प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले चुनाव गराउदैनन्

images
  • सुर्य थापाको टिप्पणी : असंवैधानिक प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले चुनाव गराउदैनन्
    images

    काठमाडौँ । नेकपा एमालेका नेता सुर्य थापाले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले चुनाव नगराउने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै नेता थापाले चुनाव गराउने भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन् भन्दै लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य नभएको टिप्पणी गरेका हुन् ।

    images
    images
    images

    उनले चारवटा सुरक्षा प्रमुखहरूले गलत आदेश खारेज गरिसकेको बताउदै गैरकानुनी आदेशको न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुने बताएका छन् ।

    images
    images

    उनले भनेका छन् ‘अनिर्वाचित, मनोनित र असंवैधानिक प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्याल जत्था चुनाव गराउने प्राणी हुँदै होइनन् । यिनका कामको आजीवन फेहरिस्तले बताउँछ -चुनाव फोबिया । चुनाव गराउने मति भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन् । लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य छैन । चारवटा सुरक्षा प्रमुखहरूले यिनका गलत आदेश खारेज गरिसके । गैरकानुनी आदेशको त न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुन्छ नै । साथै, संविधान र कानुनविपरित चल्नेहरूलाई जनताले मंसिर लाग्दा नलाग्दै घिसारेर कहाँ पु-याउँछन्- सुशीला, ओमप्रकाश, बालेन र सुदने (दलाई लामा ग्याङ) ले हेक्का राख्न जरूरी छ । एक एक ऐतिहासिक सम्पदा, सरकारी कार्यालय, व्यक्तिगत घर-सम्पति र पार्टी कार्यालयसमेत जलाउने जल्लाद, अपराधी र हत्याराहरूले पानीमुनी वा पृथ्वीभरि जहाँसुकै पुगे पनि उन्मुक्ति पाउने छैनन् । राज्यबाट कानुनबमोजिम कारबाही नभए/नगरे टोलटोलबाट जनकारबाही हुनेछ ।’

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले नेता सुर्य थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।