Logo

२०८३, श्रावण ३०गते


images
images

बाँके र दैलेखबाट जुवातास खेलिरहेका २० जना पक्राउ

बाँके र दैलेखबाट जुवातास खेलिरहेका २० जना पक्राउ

images
  • बाँके र दैलेखबाट जुवातास खेलिरहेका २० जना पक्राउ
    images
    images

    काठमाडौँ । प्रहरीले बाँके र दैलेखबाट जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ गरको छ ।  

    images
    images
    images

    बाँकेको नेपालगंज उपमहानगरपालिका-२ बाईपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका संचालक सोही ठाउँ बस्ने २८ वर्षीय विज्ञान श्रेष्ठसमेत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ लाख ६३ हजार ८ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 

    images
    images
    images

    त्यस्तै दैलेखको नारायण नगरपालिका-१ दैलेख बजार डेरा गरी बस्ने नौमुले गाउँपालिका-८ चौराठा घर भएका ३६ वर्षीय टोप बहादुर राना मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा टोप बहादुर समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ८ सय ४० रूपैयाँ सहित पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जुवातास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।