Logo

२०८३, श्रावण ३०गते


images
images

टी-२० विश्वकप छनौट

टी-२० विश्वकप छनौट : आज नेपाल र जापानबीच खेल हुदै

टी-२० विश्वकप छनौट : आज नेपाल र जापानबीच खेल हुदै

images
  • टी-२० विश्वकप छनौट : आज नेपाल र जापानबीच खेल हुदै
    images
    images

    काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज नेपाल र जापानबीचको खेल हुदैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४: १५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    समुह बी मा रहेका नेपाल र जापानले एक एक खेल जितेर प्रतियोगिताको सुपर सिक्समा पुगिसकेका छन् । दुवैले कुवेतलाई पराजित गरेका थिए । यसका साथै कुवेतले लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । 

    images
    images
    images

    प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन् । एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट तीन देश विश्वकपमा छनौट हुनेछन् ।

    images
    images
    images

    क्यानले विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमान पठाएको छ ।  टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी २०
  • # विश्वकप छनौट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।