Logo

२०८३, कार्तिक २९गते


images
images

विश्व वसोवास दिवस

एकीकृत बस्ती असफल : सामाजिक, वातावरण र आर्थिक पक्ष नजोडिँदा : मन्त्री घिसिङ

एकीकृत बस्ती असफल : सामाजिक, वातावरण र आर्थिक पक्ष नजोडिँदा : मन्त्री घिसिङ

images
  • एकीकृत बस्ती असफल : सामाजिक, वातावरण र आर्थिक पक्ष नजोडिँदा : मन्त्री घिसिङ
    images

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सामाजिक, वातावरणीय र आर्थिक पक्षसँग जोड्न नसक्दा एकीकृत बस्ती कार्यक्रम असफल भएको बताएका छन् ।

    images
    images
    images

    विश्व वसोवास दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले भौगोलिक जोखिम परीक्षणमार्फत सुरक्षित स्थान पहिचान गरी बस्ती बसाउन नसक्दा हरेक वर्ष विपद्बाट जनधनको क्षति भइरहेको उल्लेख गरे ।

    images
    images
    images

    ‘एकीकृत बस्ती निर्माण भए पनि समुदायलाई सामाजिक, वातावरण र आर्थिक दृष्टिले जोड्न नसक्दा वस्ती खाली देखिए,’ उनले भने, ‘अब जोखिमयुक्त वस्ती स्थानान्तरण र सुरक्षित शहर विकासमा ध्यान दिनु जरुरी छ ।’

    images
    images

    मन्त्री घिसिङले शहर विकासका लागि एकीकृत गुरुयोजना तयार गरी नमुना शहर निर्माण गर्ने, नदी किनार व्यवस्थापन गर्ने र टुक्रे योजनाको अन्त्य गर्ने बताएका छन् । साथै, मन्त्रालयभित्र हुने भ्रष्टाचार र ढिलासुस्तीमा शून्य सहनशीलता अपनाइने चेतावनी पनि दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।