काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ८ हजार २ सयले बढेर तोलाको २ लाख ४८ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको २ लाख ४० हजार ४०० मा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले बढेर ३३२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३२२० मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology