Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथालाई लुम्बिनी प्रदेशको उत्कृष्ट विद्यालय अवार्ड

सगरमाथालाई लुम्बिनी प्रदेशको उत्कृष्ट विद्यालय अवार्ड

images
  • सगरमाथालाई लुम्बिनी प्रदेशको उत्कृष्ट विद्यालय अवार्ड
    images
    images

    देवदह । सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले नेपाल एजुकेशन अवार्ड यूके–२०२५ प्राप्त गरेको छ । रुपन्देहीको देवदहमा अवस्थित सगरमाथाले लुम्बिनी प्रदेशको उत्कृष्ट विद्यालयको उपाधि प्राप्त गरेको हो ।

    images
    images
    images

    कलेज रिडर्स र युनिभर्सिटी अफ ग्रिनिच, लन्डनद्वारा आयोजित कार्यक्रममा वर्ष २०२५ को उत्कृष्ट विद्यालयको रूपमा अवार्ड प्राप्त भएको विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

    images
    images
    images

    बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे र युनिभर्सिटी अफ ग्रिनिचकी उपकुलपति प्रो. जेन ह्यारिङटनको उपस्थिति अवार्ड प्रदान गर्दै सगरमाथाले नेपालको शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएको उल्लेख गरिएको छ । 

    images
    images
    images

    विद्यालयले शिक्षाको गुणस्तर वृद्धि, सिर्जनात्मकता प्रवर्द्धन र विद्यार्थीको सर्वांगीण विकासमा पुर्‍याएको योगदानका कारण सम्मान प्रदान गरिएको अवार्डमा उल्लेख छ । 

    सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलले यो उपलब्धिलाई विद्यालय परिवारको सामूहिक सफलता बताएको छ । विद्यालयले समर्पित शिक्षक, अनुशासित विद्यार्थी, सहयोगी अभिभावक र निरन्तर साथ दिने समर्थकहरूप्रति हार्दिक आभार प्रकट गरेको छ ।

    प्राचार्य पौडेलले यो अवार्डले विद्यालयको मात्र नभएर देवदहको गौरव बढाएको बताएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा आवासीय मा वि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।