Logo

२०८३, श्रावण ३०गते


images
images

सिटिइभिटीको समस्या सुल्झाउन कार्यदल

सिटिइभिटीको समस्या सुल्झाउन कार्यदल

images
  • सिटिइभिटीको समस्या सुल्झाउन  कार्यदल
    images
    images

    काठमाडौँ । शिक्षामन्त्री महाविर पुनले सिटिइभिटीको २०६९ देखि सम्बन्धनका निवेदन दिएर पनि अहिलेसम्म सम्बन्धन नपाएका आवेदनहरुको छानविन गर्न कार्यदल गठन गरेका छन् ।

    images
    images
    images

    मन्त्री पुनले यो कार्यदलले निवेदनहरुको छानबिन गरेर मङ्सिर महिनाभित्र नतिजा निकाल्ने बताएका छन् । 

    images
    images
    images

    त्यस्तै मन्त्री पुनले नेपाल खुला विश्वविद्यालयको रिक्त रहेको १० जना र शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ७ जना सिनेटरहरुको रिक्त रहेको पदमा बिना कुनै राजनैतिक दवाव नियुक्त गरेको र सिनेटरहरु नभएर रोकिएका कामहरु अगाडी बढाएको जानकारी दिएका छन् ।

    images
    images
    images

    त्यसैगरी उनले विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालय बाट हटाएर छुट्टै मन्त्रालय बनाउने र बिज्ञान प्रबिधि, नवप्रर्वतन, सूचना प्रविधी, जल तथा मौसम विज्ञान तथा बिज्ञान प्रविधि सम्बन्धि सबै कामहरु सोहि मन्त्रालय मार्फत गर्न गराउने विषयमा छलफल शुरु गरेका छन् ।

    त्यस्तै विश्वविद्यालयहरुमा पहिलेका सरकारको पालामा राजनैतिक भागबन्डा नमिलेर रिक्त रहन गएका निकै धेरै पदहरुमा निष्पक्ष तरिकाले योग्य पदाधिकारीहरु छान्ने काम अगाडी बढाएको जानकारी दिदै मन्त्री पुनले यसमा कुनै भनसुन नलाग्ने स्पष्ट गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिटिइभिटी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।