Logo

२०८३, कार्तिक ३०गते


images
images

प्राकृतिक प्रकोप

असोज १८ पछिको बाढी पहिरोको क्षतिको ३ अर्ब २६ करोडको बीमा दाबि

असोज १८ पछिको बाढी पहिरोको क्षतिको ३ अर्ब २६ करोडको बीमा दाबि

images
  • असोज १८ पछिको बाढी पहिरोको क्षतिको ३ अर्ब २६ करोडको बीमा दाबि
    images

    काठमाडौँ । असोज १८ गतेदेखि परेको अविरल बर्षापछिको बाढी पहिरोले भएको क्षतिपछि ३ अर्ब २६ करोडको बीमा दाबिको निवेदन परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज ३० गतेसम्म बाढी पहिरोले पारेको नोक्सानीको ३ अर्ब २६ करोड ७६ लाख बराबरको बीमा दाबिको निवेदन परेको हो ।

    images
    images
    images

    जसमा सबैभन्दा बढी शिखर इन्सुरेन्समा ६० करोड ९४ लाखको बीमा दाबि परेको छ भने स्टार माइक्रो इन्सुरेन्समा सबैभन्दा कम ८ लाखको बीमा दाबि परेको छ । त्यसैगरी सम्पत्ति बीमामा २ अर्ब ७० करोड ६९ लाख बराबरको ३६४ बीमा दाबि छ भने इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ४८ करोड ४ लाख बराबरको ८७ बीमा दाबिको निवेदन परेको छ ।

    images
    images
    images

    त्यस्तै कृषि तथा बालि बीमामा ४ करोड ३२ लाख बराबरको २०९, मोटर बीमा निजी तर्फको २ करोड ५२ लाख बराबरको ३३, मोटर बीमा सार्बजनिकको एक करोड ५ लाख बराबरको ९ बीमा दाबि तथा अन्य बीमा १२ लाख ६० हजार बराबरको २ बीमा दाबिको निवेदन परेको छ ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।