Logo

२०८३, श्रावण ३०गते


images
images

नवलपरासी र सल्यानबाट जुवा खेलिरहेका १८ जना पक्राउ

नवलपरासी र सल्यानबाट जुवा खेलिरहेका १८ जना पक्राउ

images
  • नवलपरासी र सल्यानबाट जुवा खेलिरहेका १८ जना पक्राउ
    images
    images

    काठमाडौँ । प्रहरीले सल्यान र नवलपरासी पुर्वबाट जुवा खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    नवलपरासी पूर्व, कावासोती नगरपालिका-८ सुर्वणाचोकस्थित घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४२ वर्षीय बसन्त राज घिमिरे समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ९ सय ६० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

    images
    images
    images

    सल्यानको शारदा नगरपालिका-१ श्रीनगर बस्ने ५० वर्षीय लोक बहादुर बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा लोक बहादुर समेत ६ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ६ सय २५ रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जुवातास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।