Logo

२०८३, श्रावण ३०गते


images
images

भ्रष्टाचार मुद्धा

पूर्व सचिव डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

पूर्व सचिव डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

images
  • पूर्व सचिव डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर
    images
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेअनियमितता गरेको आरोपमा पुर्व सचिव डा. संगीता कौशल मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    आयोगले ठेक्का सम्झौता शर्त विपरीत मिलेमतो गरी सम्पूर्ण सामाग्री नआउँदै झुट्टा बिल, गलत प्रतिवेदन र भुक्तानी प्रक्रिया पूरा गरिएको ठहर गर्दै आइतबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरको हो ।

    images
    images
    images

    आयोगका अनुसार विभागले आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्नेदेखि खरिद गर्नेसम्म मिलेमतोमा गरेको प्रमाणित भएको भन्दै मुद्दा दायर गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    अख्तियारले डा. मिश्रलाई १४ करोड ६ लाख ८५ हजार ५ सय बराबर बिगो र सजायको माग गरेको छ ।

    डा. मिश्र सुशिला कार्कीको मन्त्रिपरिषद विस्तार हुदा स्वास्थ्यमन्त्री बन्ने लगभग निश्चित भएपछि यसै अनुसन्धानका कारण उनको नियुक्ति अन्तिम समयमा रोकिएको थियो । त्यतिबेला मन्त्री बन्ने निश्चित भएपछि उनले सचिव पदबाट राजीनामा समेत दिएकी थिइन् । 

    त्यस्तै स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवण कुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्र प्रसाद चौरसिया, निर्देशक डा. विवेक कुमार लाल, तत्कालीन प्रमुख लेखा नियन्त्रक भुबन प्रसाद काफ्ले, विभागका कानुन अधिकृत सिता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक अधिकारी, तत्कालीन शाखा अधिकृत यादव प्रसाद सापकोटा, विभागका तत्कालीन लेखा अधिकृत शम्भु प्रसाद ढकाल, विभागका लेखापाल तिलक राम ढकाल, विभागका बायोमेडिकल ईन्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल ईन्जिनियर पध्मा मिश्र, विभागको केन्द्रिय स्टोर पथलैयाका जनस्वास्थ्य निरिक्षक संजय कुमार साह र म्याक्सिम ईन्कर्पोरेशन ट्रेडर्स प्रा.लि. तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरुद्ध पनि १४ करोड ६ लाख ८५ हजार ५ सय बराबर बिगो र सजायको माग गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • # मुद्धा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।