Logo

२०८३, श्रावण ३०गते


images
images

संस्कृति

संस्कृतिको जगेर्ना गर्न रोहिणी सांस्कृतिक मञ्चले देउसी–भैलो खेल्ने : १० लाख उठाउने लक्ष्य

संस्कृतिको जगेर्ना गर्न रोहिणी सांस्कृतिक मञ्चले देउसी–भैलो खेल्ने : १० लाख उठाउने लक्ष्य

images
  • संस्कृतिको जगेर्ना गर्न रोहिणी सांस्कृतिक मञ्चले देउसी–भैलो खेल्ने : १० लाख उठाउने लक्ष्य
    images
    images

    देवदह । देवदहमा क्रियाशिल रोहिणी सांस्कृतिक मञ्चले देउसी–भैलो खेल्ने जनाएको छ । सोमवार खैरेनीमा पत्रकार भेटघाट गर्दै मञ्चले संस्कृतिको जगेर्ना गर्न देउसी–भैलो खेल्न लागिएको जनाएको हो । 

    images
    images
    images

    मञ्चका अध्यक्ष प्रितम थापाले देवदहको ऐतिहासिक र सांस्कृतिक महत्वलाई विश्वभर परिचित गराउन, नेपाली लोक संस्कृतिको संरक्षण गर्न तथा पुरातन संगीत परम्पराको अध्ययन र प्रवद्र्धन गर्न मञ्चले काम गरिरहेको बताए । उनले देवदहमा संगीत विद्यालय स्थापना गरी नयाँ पुस्तालाई संगीतमा जोड्न आवश्यक रहेको औल्याए । नयाँ पुस्ता संस्कृतिको संरक्षणमा लागोस् भन्ने हामी चाहन्छौं,  त्यसको लागि उनीहरुलाई छात्रवृत्ति प्रदान गर्न देउसी–भैलोमा संकलन भएको रकम खर्चिने छौं उनले भने । 

    images
    images
    images

    अध्यक्ष थापाले देउसी भैलोबाट मञ्चले १० लाख रुपैयाँ संकलन गर्ने योजना बनाएको र भैलो व्यवस्थापनमा करिब ४ लाख रुपैयाँ खर्च गर्ने अनुमान गरिएको बताए । 

    images
    images
    images

    पत्रकार भेटघाटमा मञ्चका उपाध्यक्ष केशव पराजुली, सचिव भगेन्द्र भगत, सह–सचिव मुक्ति चापागाईं, देवदह–३ का वडा सदस्य झमकुमारी थापा लगायतको उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।