Logo

२०८३, श्रावण ३१गते


images
images

गुगल क्रोमलाई ओपनएआईको चुनौती, लन्च गर्यो वेब ब्राउजर

गुगल क्रोमलाई ओपनएआईको चुनौती, लन्च गर्यो वेब ब्राउजर

images
  • गुगल क्रोमलाई ओपनएआईको चुनौती, लन्च गर्यो वेब ब्राउजर
    images
    images

    काठमाडौँ । च्याटजिपिटीको निर्माता ओपनएआईले आफ्नो पहिलो एआई संचालित वेब ब्राउजर ' च्याटजिपिटी एटलस' लन्च गरेको छ ।

    images
    images
    images

    यसलाई विश्लेषकहरुले गुगल क्रोमको सम्भावित प्रतिद्वन्द्वीको रूपमा हेरेका छन् । कम्पनीका सीईओ साम अल्टम्यानले एटलसले परम्परागत ब्राउजर अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्ने दाबि गरेका छन् ।

    images
    images
    images

    एटलसको पहिलो संस्करण हाल एप्पल म्याकोसमा जारी गरिएको छ । प्रयोगकर्ताहरूले च्याटजिपिटी खाताबाट लग इन गर्न सक्छन् र उही च्याट इन्टरफेस भित्र वेब खोज, वेबपेज ब्राउजिङ, र सामग्री सारांश जस्ता सुविधाहरू पहुँच गर्न सक्ने बताइएको छ ।

    images
    images
    images

    ओपनएआईले यसले सशुल्क 'एजेन्ट मोड' पनि समावेश गर्नेछ । यो सुविधाले प्रयोगकर्ता निर्देशनहरूको आधारमा स्वचालित रूपमा इन्टरनेट स्क्यान गर्नेछ, जानकारी सङ्कलन गर्नेछ, र खोज परिणामहरूको सारांश प्रस्तुत गर्नेछ ।

    ओपनएआईले आफ्नो एआई प्रविधिलाई व्यावसायिक उत्पादनहरूमा रूपान्तरण गर्न र यसको राजस्व स्रोतहरूलाई विविधीकरण गर्न अघि बढ्दै गर्दा वेभ ब्राउजरको पनि सुरुवात गरेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुगल
  • # च्याटजिपिटी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।