Logo

२०८३, श्रावण ३०गते


images
images

सिनेमा

कस्तो छ फिल्म 'वरिष्ठ बलराम' मा अभिनेत्री समृद्धि अर्यालको भूमिका ?

कस्तो छ फिल्म 'वरिष्ठ बलराम' मा अभिनेत्री समृद्धि अर्यालको भूमिका ?

images
  • कस्तो छ फिल्म 'वरिष्ठ बलराम' मा अभिनेत्री समृद्धि अर्यालको भूमिका ?
    images
    images

    काठमाडौं । कात्तिक ६ गते फिल्म ‘वरिष्ठ बलराम’ रिलिज हुँदा यसमा दयाहाङ राई र विजय बरालसँगै देखिने अर्को मुख्य महिला पात्र हुनेछिन् समृद्धि अर्याल । ‘पर्की फर्की’बाट अभिनयमा डेब्यू गरेकी समृद्धि को हुन् भन्ने प्रश्न उठ्नु स्वभाविक हो । किन भने पहिलो चलचित्रमा नै उनले अनमोल केसीसँग स्क्रिन सेयर गर्ने मौका पाइन्, दोस्रोमा दयाहाङ र विजय बरालसँग ।

    images
    images
    images

    समृद्धि हङकङमा जन्मिएकी हुन् । उनको बाल्यकाल भने नेपाल र हङकङ दुवैतिर बित्यो । कलाकारितामा रुचि भएकाले उनले अभिनय सिकेकी छन् ।

    images
    images
    images

    समृद्धिले मुम्बईको विस्लिङ उड्स इन्स्टिच्युटमा तीन वर्ष अभिनयको कक्षा लिइन् । त्यसपछि मुम्बइकै मोडलिङ एजेन्सीमा काम गरिन् । पिज्जादेखि जिलेटसम्मका ब्रान्डमा समृद्धिले मोडलिङ गरिन् । त्यसपछि उनले विज्ञापन, म्युजिक भिडियो र एक दर्जन सर्ट मुभीमा काम गरिन् । त्यसै क्रममा उनले चलचित्र ‘फर्की फर्की’मा कलाकारका लागि अडिसन आह्वान हुँदा अडिसन दिइन् । जसबाट उनले नेपाली चलचित्रमा डेब्यू गरिन् । त्यसपछिको उनको चलचित्र ‘वरिष्ठ बलराम’ हो ।

    images
    images
    images

    कुशुम क्यारेक्टरका रुपमा आफूलाई यो चलचित्रमा देखिने उनले बताएकी छन् । समृद्धि विजयको अपोजिटमा देखिँदैछिन् ।

    ‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

    निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् । मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

    यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिनेमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।