Logo

२०८३, श्रावण ३०गते


images
images

टेस्लाको नाफा घटेपछि शेयरमा गिरावट

टेस्लाको नाफा घटेपछि शेयरमा गिरावट

images
  • टेस्लाको नाफा घटेपछि शेयरमा गिरावट
    images
    images

    काठमाडौँ । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाको त्रैमासिक आम्दानीमा व्यापक गिरावट आएको छ । कम्पनिको कुल आम्दानीमा कीर्तिमानी वृद्धि भएपनि खुद नाफा ३७ प्रतिशतले घटेको रिपोर्टमा उल्लेख छ ।

    images
    images
    images

    कम्पनीले यो गिरावट अनुसन्धान र विकाससँग सम्बन्धित शुल्क र अतिरिक्त लागतका कारण भएको बताएको छ ।

    images
    images
    images

    सेप्टेम्बर त्रैमासिकमा टेस्लाको राजस्व २८ अर्ब डलर पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेको छ ।

    images
    images
    images

    कम्पनीले कर क्रेडिटको म्याद सकिनुअघि अमेरिकी ग्राहकहरूले गरेको भारी खरिदका कारण यो वृद्धि भएको बताएको छ । कम्पनीका शेयरधारकहरूले नोभेम्बरमा सीईओ एलोन मस्कको नयाँ तलब प्याकेजमा मतदान गर्नेछन्, जुन सम्भावित रूपमा १ ट्रिलियन डलरसम्मको हुन सक्छ । यद्यपि, नतिजा घोषणा भएपछि टेस्लाको शेयर ३.८ प्रतिशतले घटेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टेस्ला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।