Logo

२०८३, श्रावण ३०गते


images
images

मस्कले लस एन्जलसमा खोले 'टेस्ला डिनर' रेस्टुरेन्ट

मस्कले लस एन्जलसमा खोले 'टेस्ला डिनर' रेस्टुरेन्ट

images
  • मस्कले लस एन्जलसमा खोले 'टेस्ला डिनर' रेस्टुरेन्ट
    images
    images

    काठमाडौँ । एलन मस्कले लस एन्जलसमा टेस्ला डिनर नामको रेस्टुरेन्ट खोलेका छन् । यस फ्युचरिस्टिक डिनरमा बर्गर, हट डग जस्ता खाद्य वस्तुहरू उपलब्ध छन् । यस रेस्टुरेन्टमा इभी चार्जिङको लागि ८० सुपरचार्जरहरू पनि जडान गरिएका छन् । यदि कोही टेस्ला कारमा आउँछ भने, उसले कारको स्क्रिनबाटै खाना अर्डर गर्न सक्छ । साथै, ६६ फिट चलचित्र स्क्रिनको अडियो टेस्लाको कारको ध्वनि प्रणालीसँग लिंक गरिएको छ ।

    images
    images
    images

    १९५० शैलीको डिनरको लन्च कार्यक्रममा अप्टिमस रोबोटले पपकर्न सेवा गरेको थियो । यहाँ खाना साइबरट्रक-शैलीको बक्समा सेवा गरिन्छ ।  यो डिनर एउटा अनुभव हो जसले पुरानो जमानाको अमेरिकी डिनर संस्कृतिलाई भविष्यको प्रविधिसँग जोड्दछ । मस्कले पहिलो पटक २०१८ मा यो डिनरको आइडिया सार्बजनिक गरेका थिए ।

    images
    images
    images

    डिनरमा दुई ६६ फिट स्क्रिनहरू छन् । यसले चलचित्र क्लिपहरू, स्पेसएक्स लन्च भिडियोहरू र कार्टुनहरू देखाउँछ । यहाँ बर्गर, हट डगहरू, चिकन विन्ग्स जस्ता क्लासिक अमेरिकी खानाहरू उपलब्ध हुने बताइएको छ ।

    images
    images
    images

    यस टेस्ला डिनर रेस्टुरेन्टको डाइनर टेस्लाका प्रमुख डिजाइनर फ्रान्ज भोनले डिजाइन गरेका हुन् ।

    इन्जिनियरिङ फर्म स्ट्यान्टेकले यसलाई निर्माण गर्न मद्दत गरेको छ । भवन दुई तल्ले छ, जसको तल्लो तला ३८ सय र पहिलो तला ५५ सय वर्ग फिटको रहेको छ । डाइनर स्पेसशिप जस्तो देखिन्छ । 

    सेलिब्रेटी शेफ एरिक ग्रिनस्प्यानले मेनु डिजाइन गरेका छन्, जसमा 'टेस्ला बर्गर विथ इलेक्ट्रिक सस' र 'सुपरचार्जर शेक' जस्ता वस्तुहरू समावेश छन् । यो रेस्टुरेन्ट डाइनर हप्ताको सातै दिन २४/७ खुला रहनेछ । साथै यस रेस्टुरेन्टमा टेस्लाका ब्रान्डेड सामानहरू पनि बेचिन्छन् । जस्तै टोपी, टी-शर्ट र अप्टिमस रोबोटको मोडेल । जुलाई २१ मा रेस्टुरेन्ट खुलेदेखि नै मानिसहरू लाइनमा बस्न थाले । थुप्रै प्रशंसकहरू केवल अप्टिमस रोबोट हेर्न र यो रेट्रो-फ्युचरिस्टिक ठाउँको अनुभव गर्न आएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टेस्ला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।