Logo

२०८३, श्रावण ३०गते


images
images

कमल थापाले अब राजतन्त्रको कुरा नगर्ने

कमल थापाले अब राजतन्त्रको कुरा नगर्ने

images
  • कमल थापाले अब राजतन्त्रको कुरा नगर्ने
    फाइल फोटो
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा अभियान सुरु गर्न लागेको भन्दै पार्टीका अन्य नेताहरूसँग सहयोग मागेका छन्।

    images
    images
    images

    पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्ट थापाले बुधबार राजधानीमा राप्रपाका नेताहरूको भेला राख्दै संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रका विषयमा अभियान चलाउने बताएका हुन्।

    images
    images
    images

    राजाको उक्साहटमा अध्यक्ष लिङ्देन सक्रिय भएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर उनले लैजान नसक्ने धारणा राखेका थिए। आफूहरू पार्टी एकताको पक्षमै रहेको दाबी गर्दै त्यसका लागि नेतृत्व तयार नदेखि नयाँ पार्टी स्थापना गरेर पनि जना सकिने बताएका थिए। ‘संवैधानिक राजतन्त्र र हिन्दु धर्मको पक्षमा अभियान सञ्चालन गर्ने उहाँ(थापा)ले बताउनुभयो,’ सहभागी एक नेताले भने, ‘होइन राजाले पेल्दै अघि बढे राजतन्त्र बोकेर हिँड्नुपर्छ भन्ने नभएको आसय थियो।’

    images
    images
    images

    स्थानीय निर्वाचनअघिको केही समय अभियानका रूपमा सक्रिय हुने बताएका थापाले त्यसपछि आवश्यक परेमा नयाँ पार्टी स्थापना गर्न सकिने बताएको सहभागि एक नेताले बताए। ‘स्थानीय तहको निर्वाचन अघि नयाँ पार्टी खोल्ने उहाँको आश देखिन्छ,’ सहभागि एक नेताले भने, ‘हामी त्यसलाई रोक्न लागि पारेका छौं।’

    पार्टी अध्यक्षमा पराजित भएका थापाले पुस २७ गते थापा गाउँमा रहेको एक पार्टी प्यालेसबाट नयाँ अभियान सुरु गर्ने जनाउँदै आएका छन्। राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा उठाउँदै आएका थापाले पूर्व राजा ज्ञानेन्द्र शाहका कारण आफु राप्रपाको अध्यक्षमा पराजित भएको आरोप लगाउँदै आएका छन्। त्यस विषयमा पार्टी अध्यक्षलाई पत्र लेखेर थापाले छानविन गर्न माग गरेका छन्।

    त्यस विषयमा राप्रपाको पदाधिकारी तहमा छलफल सुरु भएको एक नेताले जानकारी दिए।   ‘पूर्वअध्यक्ष थापाको पत्रका विषयमा पदाधिकारी तहमा छलफल भएपनि निर्णयमा पुगिएको छैन,’ एक पदाधिकारीले भने, ‘थापा र नयाँ अध्यक्ष लिङदेन दुबै अतिवादी सोचकासाथ अघि बढ्न खोज्दा पार्टी फेरि विभाजन हुने अवस्थामा नहोस् भन्नेमा हामी सचेत छौं।’

    आलङ्कारिक राजाको कुरा उठाउँदै रप्रपा अघि बढेका बेला नयाँ अध्यक्ष लिङ्देनका अभिव्यक्तिले सक्रिय राजातन्त्रको आभास दिएको बताउँदै एक नेताले भने, ‘त्यसले वातावरण झन् बिग्रन्छ।’ सांकेतिक राजतन्त्रसहित हिन्दु राज्यलाई राप्रपाले अघि बढाउनुपर्ने जनाउँदै ती नेताले भने, ‘पार्टी मात्र होइन मुलुक नै त्यसभित्र गोलबद्ध हुनसक्छ। हामी दायाँ बायाँ लाग्नु हुँदैन।'

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # कमल थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।