Logo

२०८३, श्रावण ३०गते


images
images

जुवातास

जुवातास खेलिरहेको १४ जना पक्राउ

जुवातास खेलिरहेको १४ जना पक्राउ

images
  • जुवातास खेलिरहेको १४ जना पक्राउ
    images
    images

    काठमाडौँ । प्रहरीले सिन्धुपाल्चोक र  कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    सिन्धुपाल्चोक, जुगल गाउँपालिका-६ हाब्रास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-६ बस्ने ४२ वर्षीय नन्दराज श्रेष्ठ समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ४५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

    images
    images
    images

    कञ्चनपुर, भीमदत्त नगरपालिका-१ भासीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ ऐठपुर बस्ने ५० वर्षीय दिपक पाठक समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार १५ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जुवातास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।