Logo

२०८३, आश्विन ९गते


images
images

फिल्म 'जेरी अन टप' ले १० दिनमा कति कमायो ?

फिल्म 'जेरी अन टप' ले १० दिनमा कति कमायो ?

images
  • फिल्म 'जेरी अन टप' ले १० दिनमा कति कमायो ?
    images
    images

    काठमाडौं । फिल्म ‘जेरी अन टप’ ले १० दिनमा विश्वभर १२ करोड भन्दा बढी ग्रस कमाई गरेको छ । निर्माण पक्षले फिल्मले घरेलु र बाहिर गरि १२ करोड ग्रस कमाइ गरको जानकारी दिएको हो ।

    images
    images
    images

    फिल्म घरेलु बक्स अफिसमा पनि दोस्रो सातामा पनि हाउस फुलका साथ चलिरहेको छ । घरेलु बक्स अफिसमा फिल्मले पहिलो सातामा ५ करोड ग्रस कमाई गरेको थियो ।

    images
    images
    images

    दोस्रो सातामा अन्य फिल्म रिलिज भएपनि जेरी अन टप रोकिने संकेत देखिएको छैन । फिल्मलाई दर्शकले राम्रो साथ दिएका छन् ।

    images
    images
    images

    फिल्म बारे वर्ड अफ माउथ प्रचार पनि राम्रो रहेकाले दर्शक हालमा जानेक्रम बढिरहेको देखिएको छ ।सुयोग गुरुङको निर्देशन रहेको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, सुरक्षा पन्त, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय रहेको छ ।

    हेमराज बिसीको कथा रहेको यस फिल्ममा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत रहेको छ भने सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विश्वास तिम्सिनाको छ ।

     अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली चलचित्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।