Logo

२०८३, मंसिर १गते


images
images

मगरसंघ देवदह–५, द्धारा सम्मान तथा राहत वितरण

मगरसंघ देवदह–५, द्धारा सम्मान तथा राहत वितरण

images
  • मगरसंघ देवदह–५, द्धारा सम्मान तथा राहत वितरण
    images

    देवदह । नेपाल मगर संघ देवदह-५, वडा समितिले सम्मान तथा राहत हस्तान्तरण गरेको छ । संघले नेपाल सरकारको ७औं तहमा नाम निकाल्न सफल दुईजना अधिकृतलाई सम्मान तथा क्यान्सर रोगबाट ग्रसित एक विरामीलाई उपचार खर्च हस्तान्तरण गरेको हो । 

    images
    images
    images

    कार्यक्रममा नेपाल सरकारको ७औं तहमा नाम निकाल्न सफल देवदह ५, प्रगतिबजार निवासी मिनबहादुर सारु र युवराज दर्लामीमगरलाई सम्मान गरेको हो । 

    images
    images
    images

    यसैगरी देवदह बौद्ध विहारका अध्यक्ष भविन्द्र थापामगरकी श्रीमति खिमादेवी थापामगरलाई उपचार खर्च वापत १ लाख ३१ हजार ७ सय ३१ रुपैँया हस्तान्तरण गरेको संघले जनाएको छ ।

    images
    images

    लामो समय देखि क्यान्सर रोगको उपचार गराई रहनु भएका थापामगरलाई उपचारमा सहयोग पुगोस् भनेर उक्त राहत रकम प्रदान गरिएको झमन थापाले जानकारी दिए । नेपाल मगर संघ देवदह–५, वडा समितिको समन्वयमा संकलित राहत रकम विरामी थापामगरलाई हस्तान्तरण गरिएको अध्यक्ष नारायण श्रीषले बताए । 

    सो अवसरमा सहभागिहरुले शिक्षा विना कुनैपनि योजना सफल बनाउन नसक्ने हुदा मगर समुदायले आफनो भाषा, संस्कार, संस्कृतिको संरक्षण संगै शिक्षालाई जोड दिनु पर्ने बताए । 

    कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य शोभाकुमारी थापा, संघका देवदह नगर समितिका उपाध्यक्ष किशन थापा, देवदह बौद्ध विहारका अध्यक्ष भविन्द्र थापा, संघका सल्लाहकार टंकबहादुहर घर्ती लगायतले बोलेका थिए ।

    उपाध्यक्ष रुवि सारुमगरको स्वागत र ताराबहादुर थापाको सञ्चालनमा कार्यक्रम भएका्े हो ।
     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मगरसंघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।