काठमाडौं । नेपाली बजारमा सुन-चाँदीको मूल्यमा आज पनि गिरावट आएको छ ।
आज सुनको मूल्य तोलाको ११०० सयले घटेर तोलाको दुई लाख ६९ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला दुई लाख ७० हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी ३६०० रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology