Logo

२०८३, मंसिर १गते


images
images

चिनियाँ जासुस भनिएकी एलिस २०२५ मै पद छाडेको खुलासा

चिनियाँ जासुस भनिएकी एलिस २०२५ मै पद छाडेको खुलासा

images
  • चिनियाँ जासुस भनिएकी एलिस २०२५ मै पद छाडेको खुलासा
    images

    काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका पूर्वप्रमुख जेन्सेन हुआङसँग जोडिएकी चीनकी सम्भावित जासुस एलिस हुआङले सन् २०२५ अगस्टमै सिंगापुरस्थित मेगास्पिड कम्पनीको कार्यकारी पद छाडेको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    एनभिडियाका उच्च क्षमताका कृत्रिम बौद्धिकता चिप चीनसम्म पुर्‍याउन मेगास्पिडले सहयोग गरेको आशङ्कापछि कम्पनी विवादमा परेको हो ।  दक्षिणपूर्वी एसियामा एनभिडियाका चिपको सबैभन्दा ठूलो खरिदकर्ता रहेको मेगास्पिडले आइतबार आफ्नो व्यावसायिक गतिविधि र आपूर्ति प्रणालीबारे आन्तरिक अनुसन्धान सुरु गरेको जनाएको छ । कम्पनीले बाह्य कानुनी परामर्शदातासमेत नियुक्त गरेको छ ।

    images
    images
    images

    यसैबीच, अमेरिकी सांसद जोन मोलिनारले जेन्सेन हुआङले चीनसम्बन्धी संसदीय समितिसहित अन्य दुई समितिसमक्ष बयान दिन सहमति जनाएको बताएका छन् । अमेरिकी निर्यात प्रतिबन्धका बाबजुद एनभिडियाका अत्याधुनिक चिप चीन पुगेको आशङ्का र त्यसमा एलिस हुआङको सम्भावित भूमिकाबारे अनुसन्धान गर्न बयान लिन लागिएको हो ।

    images
    images

    मेगास्पिडले मलेसिया, इन्डोनेसिया र थाइल्यान्डमा सञ्चालन गरेका तथ्याङ्क केन्द्रमार्फत चिनियाँ कम्पनीलाई एनभिडियाका चिपमा अप्रत्यक्ष पहुँच दिएको आशङ्का गरिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि चिप निर्यातको निगरानीमा वाणिज्य मन्त्रालयको कमजोरी रहेको आरोप लगाएका छन् । यस विषयमा वाणिज्यमन्त्री हावर्ड लटनिकलाई आगामी महिना अमेरिकी सिनेटको समितिसमक्ष बयान दिन बोलाइएको छ ।

    यता चीनले एलिस हुआङ जासुस भएको आरोप अस्वीकार गर्दै यस प्रकरणलाई कृत्रिम बौद्धिकता प्रविधिमा चीनमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा प्रयोग नगर्न अमेरिकालाई चेतावनी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।