काठमाडौँ । एमाले र एकीकृत समाजवादीका नेताहरुबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ । सोमबार बिहान एमाले नेता महेश बस्नेतले माधवकुमार नेपाललाई माओवादी केन्द्रमा विलय हुनुभन्दा एमालेमै फर्किन आग्रह गरेको पोष्ट फेसबुकमा गरेका थिए ।
नेता बस्नेतलाई काउन्टर दिदै दिदै एकीकृत समाजवादीका युवा नेता सुदेश पराजुलीले माधव नेपाललाई अपराधी र हत्याराको आरोप नलागेको बताउदै माधव नेपाल अहिलेको राजनितिमा सबैभन्दा कम्फर्ट र रिल्याक्स जोनमा रहेको जवाफ दिएका छन् ।
पराजुलीले प्रधानमन्त्री भएकै समय बालुवाटारबाट जनताले लखेटेको, भागेको ईतिहास माधव नेपालको नभएको भन्दै जनताको बहुदलीय जनवाद केपी ओलिले प्रचण्डसँग प्रधानमन्त्रीको कुर्सिसँग साटेको होईन भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन् ‘महेश बस्नेत र केपि ओलिलाई चुनौती नै सहि । कमरेड माधव नेपाल अहिलेको राजनितिमा सबैभन्दा कम्फर्ट र रिल्याक्स जोनमा हुनुहुन्छ हेक्का राख । अपराधी र हत्याराको आरोप माधव नेपाललाई छैन् ।
प्रधानमन्त्री भएकै समय बालुवाटारबाट जनताले लखेटेको ,भागेको ईतिहास माधव नेपालको छैन । दारा नंग्रा सकिसकेको 'बा' लाई सिंहको पुरै रुप र आवरण हो, छ भनेर समाज तर्साउने खेती सकिन्छ भनेर बढी नै चिन्ता तनाब केपी ओलि र छोराहरुलाई पो भयो होला की !
जनताले खेदेको जनतासंग हारेको शेख हसिना र बा उस्तै भए भनेर भागेको चिन्ता र तनाब केपी ओलिलाई भारी भयो भनेर सताए जस्तो छ गुन्डुतिर । जनताको बहुदलीय जनवादको कुरा त केपी ओलिले प्रचण्ड कमरेडसंग प्रधानमन्त्रीको कुर्सिसंग साटेको होईन । सत्ता स्वार्थमा जबजको हुर्मत लिएको होईन र ?
गुन्डुबाट भाग्नु परेको, बालुवाटारबाट कुर्सी छोडेर भागेको तनाब अझै बाँकी छ ? केपी ओली र कमरेड प्रचण्ड मिल्दा खुसिले हर्ष-बढाईँ गर्दै माधव नेपाललाई पेलेको याद छैन, अहिले सोध्नु बालाई ? सावन्त गोयल साक्षी राखेर बालुवाटारबाट कम्युनिष्ट पार्टी बिभाजन गर्दै विदेशीको गुलामी गरेको ईतिहास साक्षी नै छ, बिचारा स्कुल ड्रेसका कलिला अबोध बालबालिकाको हत्यारा बा लाई नबोक, बरु आउ बामपन्थी एकता गर्दै हिजोको नेकपा निर्माण गरौ । हत्याराको आरोप बोकेर कति दिन समाजको कालो बन्छौ ?
यसअघि महेश बस्नेतले भनेका थिए:माधव नेपाल ठूलो तनावमा भन्ने सुनियो ! नेकपा माओवादी केन्द्रसँग एकता गर्ने पक्कापक्की निर्णय बाहिरिएपछि, उनका आफ्नै पार्टीका नेताहरू र कार्यकर्ताहरूले विरोध गर्दै एमालेसँग एकता गर्न दबाब दिन थालेका छन् ।
जनताको बहुदलीय जनवाद त्यागेर माओवादीसँग जाने कुरा आधा भन्दा धेरै कार्यकर्ताले स्वीकार नगर्ने भएपछि माधवको स्थिति झनै जटिल बन्दै गएको छ । एमाले विभाजित गराएर देशलाई धोका दिएर गएका माधव नेपालले माओवादीमा आफ्नो पार्टी विलय गराउनु भन्दा हात्ती लिएर गएको हुन बरु बोको लिएर एमालेमा फर्के हुन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology