काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार छापावाल सुन तोलाको २ हजार ९ सयले घटेर तोलाको २ लाख ३७ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमवार सुन तोलाको २ लाख ३९ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर २९२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमवार चाँदी तोलाको २९८० मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology