Logo

२०८३, आश्विन ९गते


images
images

तिलिचोमा फसेका ७५० जनाको सशस्त्रबाट उद्धार

तिलिचोमा फसेका ७५० जनाको सशस्त्रबाट उद्धार

images
  • तिलिचोमा फसेका ७५० जनाको सशस्त्रबाट उद्धार
    images
    images

    काठमाडौँ । मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरुमा गएरातीदेखि परेको हिउँको कारण आउनसक्ने चुनौतीलाई मध्यनजर राख्दै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरुलाई सचेत गरानुकोसाथै सावधानी अपनाउन अनुरोध गरिएको छ । 

    images
    images
    images

    मुस्ताङ जिल्लाको लोमाङथाङ गाउँपालिका-५, नेचुङस्थित उपल्लो मुस्ताङमा गएरातिदेखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङले पन्छाउनुको साथै सो बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरुलाई सुरक्षित यात्रा र  सावधानी अपनाउन अनुरोध गरेको छ । सो टोलीले यात्रुहरुको सहजताको लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाउने कार्य समेत गरेको छ । कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाएको हो भने थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध गरेको छ ।

    images
    images
    images

    त्यसैगरी मनाङ जिल्लाको डिस्याङ गाउँपालिका-४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा गएराति देखि परेको हिउँ समेत सशस्त्र प्रहरीले हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुहरुलाई सावधानी अपनाउन र मौसम प्रतिकुलताबारे सचेत रहन अनुरोध गरेको छ ।

    images
    images
    images

    यसैगरी म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका-४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीहरुको सहजीकरणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ् म्याग्दीको टोली खटिएको छ । सो टोली पदयात्रीहरुको सहजता र सुरक्षाको लागि अन्नपूर्ण गाउँपालिका–४ हुमखोला भन्दा माथीसम्म पुगेको छ । 

    हिउँमा फसेकाहरुलाई सुरक्षित स्थानान्तरण तथा उद्धार 

    असोज ११ गते रातीदेखि हिमाली भेगका केही जिल्लाहरुमा परेको हिउँका कारण फसेका व्यक्तिहरुको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा स्थानान्तर गरेको छ । हिउँका कारण फसेका ७ सय ५० जनालाई मनाङ्गको तिलिचो बेश क्याम्पबाट डिस्याङ गाउँपालिका-९ स्थित खाङसारसम्म सुरक्षितकासाथ ल्याईएको छ भने ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षितसाथ राखिएको छ । 

    मनाङ घुम्न गएका पर्यटकहरुलाई बस्ने र खानाको खाङसारमा पर्याप्त ठाउँ नभएपछि केही पर्यटकहरुलाई सुरक्षित साथ फर्कने व्यवस्था मिलाईएको छ । त्यसैगरी काठमाडौ महानगरपालिका-३१ बस्ने ४५ वर्षका विरेन्द्र रसाईलीको लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको छ ।

    तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा उनलाई एक्कासी लेक लागी वेहोस भएपश्चात सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्गको सुरक्षा फौजले उनलाई स्टेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको हो । 

    मनाङ्गमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको स्थापना भएर उच्च भुभाग खोज तथा उद्धार तालिम समेत संचालन गर्न थालेपछि हिमपातमा परेका नागरिकहरुको उद्धारमा सहजता भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिलिचो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।