Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह यू–१६ कप

‘देवदह यू–१६ कप २०८२’ मा देवदह र स्टारको विजयी सुरुवात

‘देवदह यू–१६ कप २०८२’ मा देवदह र स्टारको विजयी सुरुवात

images
  • ‘देवदह यू–१६ कप २०८२’ मा देवदह र स्टारको विजयी सुरुवात
    images
    images

    देवदह । ‘देवदह यू–१६ कप २०८२’ क्रिकेट प्रतियोगितामा देवदह क्रिकेट क्लव र स्टार क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् । बुधवारको उद्घाटन खेलमा देवदहले जे. आर क्रिकेट एकेडेमीलाई ६९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । 

    images
    images
    images

    खेलमा टस जितेको जे आर ले देवदहलाई दिएको ब्याटिगको निम्तो स्वीकार गर्दै देवदहले ८ विकेटको क्षतिमा १२५ रनको योगफल तयार गर्यो । देवदहका लागि आयुष पाण्डेले २८, सचिन गिरीले २० तथा रोहित कुँवरले १९ रनको योगदान दिए । जे आर का लागि आयुषले ३ तथा कृष्ण पन्थि र विनय ले २, २ विकेट हात पारे । 

    images
    images
    images

    जवाफमा १२६ रनको लक्ष्य सहित मैदानमा उत्रिएको जे आर १४.३ ओभरमा ५६ रन बनाउँदा अलआउट भयो । जे आरका लागि प्रशान्तले १३ र बिनयले १२ रन जोड्नुबाहेक अन्य ब्याट्समेनले दोहोरो अंक छुन सकेनन् । देवदहका लागि रोहित कुँवरले ३, सक्षम बस्यालले २ तथा प्रिन्स शर्मा र कृष केसीले १,१ विकेट लिए । खेलका म्यान अफ दि म्याच रोहित कुँवर घोषित भए ।

    images
    images
    images

    यस्तै बुधवार नै सम्पन्न दोस्रो खेलमा स्टार क्रिकेट एकेडेमी ले नेपथ्य कलेजलाई ९ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिग रोजेको नेपथ्य १६.३ ओभरमा सबै विकेट गुमाएर मात्र ५७ रनमा समेटिन पुग्यो । नेपथ्यको लागि  लक्ष्मण कुमालले १८ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । स्टारका अब्राहम अलिले ४ तथा शुभम खनालले ३ विकेट हात पारे ।

    जवाफमा ५८ रनको झिनो लक्ष्य सहित मैदानमा उत्रिएको स्टारले मात्र १ विकेटको क्षतीमा सहज जीत हात पार्यो । स्टारको जीतका लागि समिर अलिले व्यक्तिगत ३९ रनको योगदान दिए । नेपथ्यको लागि सहज अर्यालले सान्त्वना १ विकेट हात पारे । खेलमा स्टारका अब्राहम म्यान अफ दि म्याच घोषित भए ।

    3de3f043-e131-44a1-9d5e-976def3ea0da.jpg

    सगरमाथा स्कूलको प्रायोजन र देवदह क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगितामा आठ टिम सहभागी छन् । दुई समूहमा विभाजन गरि सञ्चालन गरिने प्रतियोगिताको समूह ‘ए’ मा देवदह क्रिकेट क्लब, वेस्टर्न क्रिकेट एकेडेमी, जे.आर क्रिकेट एकेडेमी र एम.एस.एम.टि एकेडेमी रहेका छन् । त्यस्तै समूह ‘बि’ मा स्टार क्रिकेट एकेडेमी, बुटवल क्रिकेट एकेडेमी, तिलोत्तमा क्रिकेट एकेडेमी र आर.एम.एल एकेडेमी रहेका छन् ।

    स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्न, नयाँ खेलाडीहरू उत्पादन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक क्लवका सुमनराज पाण्डेले जानकारी दिए । ‘पछिल्लो क्रममा देवदहमा क्रिकेटप्रतिको आकर्षण बढिरहेको छ ।’ उनले भने, ‘हामीले त्यसलाई प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गरेका हौं ।’ 

    यू–१६ प्रतियोगिताले देवदहको क्रिकेटको बेस तयार गर्ने आयोजक संस्थाका रोशन गौतमले बताए । ‘हामीले भर्खरै मात्र देवदह प्रिमियर लिग सम्पन्न गरेका छौं । यसले क्रिकेटप्रति देवदहवासीको चासोलाई उजागर गरिदिएको छ ।’ उनले भने, ‘डिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका यू–१९ का खेलाडी सुरज खड्काको संयोजनमा यो प्रतियोगित सञ्चालन गरिरहेका छौं ।’ 

    प्रतियोगितामा  विजेता टिमले नगद २५ हजार र उपविजेताले १५ हजार नगद  सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह यू–१६ कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।