काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १४ सयले घटेर तोलाको २ लाख ३८ हजार ३ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको २ लाख ३९ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर ३०१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार चाँदी तोलाको ३०६० मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology