Logo

२०८३, आश्विन ११गते


images
images

रुस युद्ध

गोप्यरुपमा युक्रेनको खेरसन शहर पुगिन हलिवुड अभिनेत्री एन्जेलिना जोली

गोप्यरुपमा युक्रेनको खेरसन शहर पुगिन हलिवुड अभिनेत्री एन्जेलिना जोली

images
  • गोप्यरुपमा युक्रेनको खेरसन शहर पुगिन हलिवुड अभिनेत्री एन्जेलिना जोली
    images
    images

    काठमाडौँ । हलिउड अभिनेत्री तथा मानव अधिकारकर्मी एन्जेलिना जोलीले दक्षिणी युक्रेनी शहर खेरसनको अप्रत्याशित भ्रमण गरेकी छन् । यो क्षेत्र हाल बारम्बार रूसी ड्रोन आक्रमणहरूको सामना गरिरहेको छ ।

    images
    images
    images

    खेरसन पुगेर जोलीले बाल अस्पताल र प्रसूति वार्डमा बिरामीहरूलाई भेटेकी छन् । सोक्रममा एन्जेलिना जोलीले युक्रेनी बुलेटप्रुफ भेस्ट र हेलमेट लगाएर अस्पतालमा बिरामीहरू र स्वास्थ्यकर्मीहरूसँग अन्तर्क्रिया गरिरहेको सार्बजनिक तस्बीरमा देखिएको छ ।

    images
    images
    images

    एउटा तस्बिरमा, उनी एक युक्रेनी सिपाहीसँग पनि देखिएकी थिइन्, जसको पहिचान सुरक्षा कारणले गोप्य राखिएको थियो । युक्रेनी मिडिया रिपोर्टहरूका अनुसार, जोली स्थानीय अंगरक्षकहरूसँग थिइन् ।

    images
    images
    images

    उनको एक अंगरक्षकलाई युक्रेनी सेनाले जबरजस्ती भर्ती गरेको दाबी गरिएको छ, त्यसपछि जोली व्यक्तिगत रूपमा भर्ती कार्यालय गइन् र उनको रिहाइ सुनिश्चित गरेकी थिइन् । खेरसनलाई २०२२ मा रूसले छोटो समयको लागि कब्जा गरेको थियो ।

    शहर अझै पनि दैनिक गोलाबारी र ड्रोन आक्रमणहरूको सामना गरिरहेको छ । यद्यपि, एन्जेलिना जोली वा युक्रेनी सरकारले आधिकारिक रूपमा यो भ्रमणको पुष्टि गरेको छैन ।

    जोलीले २०१२ देखि २०२२ सम्म संयुक्त राष्ट्र शरणार्थी एजेन्सीको विशेष दूतको रूपमा काम गरेकी थिइन् । रुस-युक्रेन युद्ध सुरु भएको केही महिनापछि उनले ल्भिभमा शरणार्थीहरूसँग पनि भेट गरेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।