Logo

२०८३, कार्तिक २९गते


images
images

आर्थिक संकटमा स्पाइसजेट: चारवटा उडान रद्द

आर्थिक संकटमा स्पाइसजेट: चारवटा उडान रद्द

images
  • आर्थिक संकटमा स्पाइसजेट: चारवटा उडान रद्द
    images

    काठमाडौं । भारतको हवाई सेवा प्रदायक कम्पनी स्पाइसजेटको आर्थिक संकटका कारण दुबई विमानस्थलबाट चारवटा उडान रद्द भएका छन् । बक्यौता रकम भुक्तानी नगरेपछि भूमिस्थ सेवा प्रदायक कम्पनी डीएनएटाले स्पाइसजेटको यात्रु दर्ता सेवा रोकेको थियो ।

    images
    images
    images

    भारतीय सञ्चारमाध्यमका अनुसार स्पाइसजेटले डीएनएटालाई १ करोड ४० लाख दिरहमभन्दा बढी रकम तिर्न बाँकी छ । सेवा रोकिएपछि बिहीबार दुबईबाट कम्पनीका दुईवटा उडानले मात्रै उडान अनुमति पाएका थिए । यद्यपि, सेवा अवरोध नोभेम्बर १२ सम्म मात्र रहेको जनाइएको छ ।

    images
    images
    images

    उडान प्रभावित भएपछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले पनि स्पाइसजेटका यात्रुलाई सचेत गराएको छ । यात्रालाई निस्कनुअघि कम्पनीको आधिकारिक माध्यमबाट उडानको अवस्था जाँच गर्न विमानस्थलले आग्रह गरेको छ । नोभेम्बरको सुरुदेखि कम्पनीले दैनिक १५ देखि २० वटासम्म उडान रद्द गरिरहेको समाचारमा उल्लेख छ ।

    images
    images

    आर्थिक समस्याका कारण कम्पनीसँग अहिले करिब १२ वटा विमान मात्रै उडानका लागि उपलब्ध रहेको र तीनवटा विमान भाडा भुक्तानीसम्बन्धी विवादका कारण थन्किएको जनाइएको छ । विमान भाडामा दिने कम्पनी, इन्धन आपूर्तिकर्ता, विमानस्थल सञ्चालक तथा अन्य सेवा प्रदायकलाई समेत कम्पनीले रकम तिर्न बाँकी रहेको बताइएको छ ।

    कम्पनीका कर्मचारीले सन् २०२६ जुनदेखि तलब नपाएको समाचारमा उल्लेख छ । सन् २०२५ सेप्टेम्बरमा समाप्त भएको त्रैमासिक अवधिमा स्पाइसजेटको खुद घाटा ६२१ करोड भारतीय रुपैयाँ पुगेको थियो । अघिल्लो वर्ष सोही अवधिमा घाटा ४५८ करोड रुपैयाँ रहेको थियो भने कम्पनीको आम्दानी १३.४ प्रतिशतले घटेर ७९२ करोड रुपैयाँमा सीमित भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।