सुनवल । नेकपा एमाले पश्चिम नवलपरासीमा अध्यक्षसहित अधिकांश पदाधिकारी तथा सदस्यहरू ४० वर्ष माथिका नेताहरु निर्वाचित हुँदा सुनवल नगरपालिकाका कान्छा जनप्रतिनिधि समेत रहेका ३० वर्षिय एक युवा जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् ।
बर्दघाटमा सम्पन्न नवाैं जिल्ला अधिबेशनबाट जिल्ला कमिटीमा सुनवलका ३० वर्षीय बिनोद पाण्डे निर्वाचित भएका हुन । उनै ३० बर्षे युवा पाण्डेसंग चुनावमा प्रतिस्पर्धा गर्न १२ जना प्रतिस्पर्धी मैदानमा आए । अन्ततः सबैलाई परास्त गर्दै चुनावी प्रतिस्पर्धामा पाण्डेले बाजि मारे ।
युवा उमेरमै जिल्ला कमिटीमा प्रतिनिधित्व गरि बिजय भएकोमा पार्टीका शिर्ष नेताहरुबाट बधाईको ओहिरो लागेको उनी बताउँछन् ।
को हुन - बिनोद पाण्डे ?
भनिन्छ, युवाको राजनीति यात्रा क्याम्पसबाट सुरु हुन्छ तर बिनोद पाण्डेको हकमा भने त्यस्तो छैन । राजनीतिमा प्रवेश बिद्यार्थी जीवन अर्थात् क्याम्पसबाट नभई युवा संघबाट जोडियो बिनोद भन्छन्न, "बाल्यकाल देखिनै प्राइभेट स्कुल, क्याम्पसमा पढियो । त्यसैले बिद्यार्थी राजनीति गर्न अबसर जुटेन" एमालेको भातृ संगठन युवा संघ नेपाल सुनवल नगर कमिटीका सचीव देखि सक्रिय राजनीतिमा लागेका पाण्डे युवा संघका नगर उपाध्यक्ष हुँदै युवा संघ सुनवल कमिटीका अध्यक्ष समेत भए ।
पाण्डेका बुबा भिमलाल पाण्डे भुमिगतकाल देखिनै राजनीतिमा जोडिएको हुँदा उनीमा राजनीति प्रतीको मोह बढ्न थाल्यो । उनी भन्छन, "१४-१५ को उमेरमा पार्टीको कार्यक्रम कुनै छुटाइन उनले थपे "मेरो छिमेकी नारायण भुसाल नै मेरो राजनीतिको मार्गनिर्देशक हो "
२०४८ साल जेठ २ गते सुनवल नगरपलिका अस्नैयामा जन्मेका पाण्डे राजनीतिकर्मीका साथै वडा सदस्य पनि हुन् । स्थानीय चुनावमा एमालेबाट वडा ७ सदस्य पदमा बिजय भै उनी सुनवल नगरपालिका कान्छा जनप्रतिनिधि समेत हुन पुगे ।
विगत १५ वर्षदेखि एमालेको राजनीतिमा सक्रिय पाण्डेको अबको प्राथमिकता युवा मात्र नभइ समग्र कार्यकर्ताको मनभावना बुझि काम गर्ने छ ।
"हाम्रा युवाहरु राजनीतिलाई फोहोर खेल सम्झीन्छन तर त्यो फोहोर खेल हैन फोहोर त राजनीति गर्न नजाने व्यक्तिले गराएका हुन" पाण्डेले भने त्यो फोहोरलाई अब हामी सफा गर्नु पर्छ । उनले थपे युवा देशका मेरुदण्ड हुन । युवाले चाहे सबै कुरा सम्भव छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology