Logo

२०८३, कार्तिक २९गते


images
images

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीको भवन शिलान्यास

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीको भवन शिलान्यास

images
  • नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीको भवन शिलान्यास
    images

    बुटवल ।  नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीको भवन शिलान्यास गरिएको छ । शुक्रबार बुटवल – ११ देवीनगर हात्तीसुँडमा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष रामकुमार रणपालले भवन शिलान्यास गरेका हुन् ।

    images
    images
    images

    सोही अवसरमा बोल्दै उनले रूपन्देहीमा  कपडा तथा सिलाई व्यवसायी संघको देशभरमै पहिलो भवन शिलान्यास भएकोमा जिल्ला समितिलाई धन्यवाद व्यक्त गरे । केही वर्ष अघि अग्रज व्यवसायी सदस्यहरूले थोरै-थोरै रकम संकलन गरेर जग्गा खरिद गरेको स्मरण गर्दै  उनले भवन निर्माणका लागि पनि एकजुट हुन आग्रह गरे ।

    images
    images
    images

    कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर रणपालले बोल्दै सिलाई व्यवसायी संघमा आवद्ध केही व्यक्तिका कारण संस्था अगाडि बढ्न नसकेकोले त्यस्ता व्यक्तिका पडाडि नलाग्न आग्रह गरे ।  उनले बन्न लागेको भवन तथा सिलाई व्यवसायीको हकहितका लागि केन्द्रबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।  

    images
    images

    त्यस्तैगरी नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका बिशिष्ट मानार्थ सदस्य तथा परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपालीले बोल्दै सिलाई व्यवसायी र परियार समुदायले गर्व गर्न लायकको भवन निर्माण हुन लागेको खुसी व्यक्त गर्दै आफ्नो सक्दो सहयोग रहने बताए ।

    कार्यक्रममा रुपन्देही जिल्ला अध्यक्ष तुल्सीबहादुर भण्डारीले पदाधिकारी र सदस्यहरूको सहयोगले भवन शिलान्यास गर्न सफल भएको बताए । यो भवनलाई समयमै निर्माण सम्पन्न गर्न आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरे ।

    कार्यक्रममा  नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीका निवर्तमान अध्यक्ष तथा संरक्षक सुवास परियार, पूर्व अध्यक्ष तथा सल्लाहकार शुवर्णकुमार परियार, सिलाई व्यवसायी संघका कपिलवस्तु जिल्ला अध्यक्ष शुसिला श्रेष्ठ, संघका बुटवल नगर अध्यक्ष राजेन्द्र प्रसाद यादव लगायतले आआफ्नो भनाई राख्दै संघको भवन समयमै निर्माण सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण व्यवसायीहरू एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिए ।

    संघमा करिब ४ हजार ५ सय व्यवसायी सदस्य रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।