काठमाडौं । नेपाल फुटबल खेलाडी संघले एन्फा र क्लबलाई तत्काल लिगको तयारी सुरू गर्न पुन: आग्रह गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै संघले पूर्वतालिका अनुसार आगामी पुस ९ गते सहिद स्मारक 'ए' डिभिजन लिग गर्न एन्फा र क्लबले सम्वन्य गर्न माग गरेको हो ।
संघले आफुहरुले दिएको अल्टिमेटमको अब ६ दिन बाँकी रहेको भन्दै एन्फा नेतृत्वलाई छिटो क्लब र एन्फाको समन्वय गरेर लिगको तयारी थाल्न आग्रह गरको छ ।
संघले आफुहरुको सडक संघर्ष यतिमै सिमित होस् भन्ने चाहेको भन्दै आफुहरु सडकमा नभएर मैदानमा खेल्न चाहेको स्पष्ट गरेको छ ।
विहिबार संघले खेलाडीहरुसहित ए डिभिजन लिगको माग गर्दै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा धर्ना दिएका थिए । एन्फाले एन्फा खेलाडीहरुलाई परिसरमा प्रवेश गर्न नदिएपछि गेटबाहिर प्रदर्शन गरेर गेटमै मेडल झुण्डाएर एन्फाको निर्णयको विरोध गरेका थिए ।
एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्बजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology