देवदह । नेवा देय् दबु देवदहको नगर अध्यक्षमा बल बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न तेस्रो साधारणसभा तथा प्रथम नगर अधिबेशनबाट अध्यक्ष श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्षमा श्याम श्रेष्ठ, महिला उपाध्यक्षमा भिम कुमारी श्रेष्ठ, पुरुष उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिबमा राज कुमार श्रेष्ठ, महिला सचिबमा रुपा श्रेष्ठ, कोषाध्यक्षमा अम्बिका श्रेष्ठ लगायत १९ सदस्यीय सर्वसहमत नगर कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन संयोजक नविन श्रेष्ठले जानकारी दिए ।
उक्त कार्यक्रममा बोल्दै भाषा विज्ञ महेश श्रेष्ठले विश्व भरका नेवाः हरु एक ठाउँमा आउनु पर्नेमा जोड दिए । उनले भाषा संस्कृति नास भए पहिचान हराउने भन्दै भाषा संरक्षणमा लाग्न युवा पुस्तालाई आग्रह गरे ।
नवनिर्वाचित अध्यक्ष बल बहादुर श्रेष्ठले भाषा संस्कृति संरक्षणमा लागि पर्ने प्रतिबद्धता जनाए । नेवाहरु सधै राष्ट्र निर्माणको पक्षमा रहेको स्मरण गर्दै देश विकासमा संगठित भएर लाग्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology