बुटवल । सक्षम बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा लिलाधर लुइँटेल निर्वाचित भएका छन् । अठारौं वार्षिक साधारण सभा तथा छैठौं निर्वाचनबाट अध्यक्ष सहित सबै पदिधिकारी सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा देवीराम पाण्डे, सचिवमा दीपक खड्का, कोषाध्यक्षमा हिमालय पौडेल रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा शालिकराम न्यौपाने, सरिता बेल्बासे, जुनुदेवी रावत न्यौपाने, पुनम घिमिरे र चंखा पुन (चन्द्र) निर्वाचित भए । लेखा सुपरीवेक्षण समितिको संयोजकमा कल्पना घिमिरे, सदस्यहरुमा सुमित्रा भुसाल न्यौपाने र सरोज पाण्डेय चयन भएका छन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुनाकर खनालले केही सहकारीमा भएका अनियमितता भए पनि धेरै सहकारी राम्रो ढंगले अघि बढिरहेको बताए । संस्थाका निवर्तमान अध्यक्ष दीपक रायमाझी, सल्लाहकार युवराज पौडेल, संस्थाका शेयर सदस्यहरु यमलाल भुसाल र सेमन्तमणि सापकोटाले बोल्दै सहकारीको विकासमा एकजुट हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा जेष्ठ शेयर सदस्यहरु तेजप्रसाद पाण्डे, दयाराम श्रेष्ठ, लिलादेवी पाण्डे, सामुदायिक विद्यालयतर्फ कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने नवीन औद्योगिक कद्दरबहादुर रीता माविकी छात्रा वर्षा भुसाल, असल ऋणी राम चौधरी, असल बाल बचतकर्ता याशिका पौडेल, नियमित बचतकर्ता कमल प्रसाद अर्याल, सदस्य बिस्तारतर्फ शालिकराम न्यौपाने लगायतलाई सम्मान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology