Logo

२०८३, आश्विन १०गते


images
images

पाँचतारे होटल

बुटवलकै पहिलो पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा : लबीको डिजाइन बुद्ध दर्शनमा आधारित

बुटवलकै पहिलो पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा : लबीको डिजाइन बुद्ध दर्शनमा आधारित

images
  • बुटवलकै पहिलो पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा : लबीको डिजाइन बुद्ध दर्शनमा आधारित
    images
    images

    लुम्बिनी । लुम्बिनी प्रदेशको प्रमुख व्यापारिक केन्द्र बुटवलमा पहिलो पाँचतारे होटल ह्यात प्लेस सञ्चालनमा आएको छ ।

    images
    images
    images

    आन्तरिक र विदेशी पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा दिने उद्देश्यले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि ३ अर्ब ५० करोड लगानीमा २५ कट्ठा क्षेत्रफलमा बनेको १० तले भवनमा १ सय ९ कोठासहित होटल सञ्चालनमा आएको हो । यो बुटवलको पहिलो पाँचतारे र यस क्षेत्रको सबैभन्दा ठूलो होटल हो ।

    images
    images
    images

    होटलको विभिन्न भागमा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको बोधीवृक्षको पातको आकृतिका संरचनाहरु राखिएको भने डेढ सय क्षमताको अल डे डाइनिङ रेस्टुरेन्टमा मायादेवी मन्दिरको इँटाको बनावट झल्किने डिजाइन छ ।

    images
    images
    images

    होटल लबीको डिजाइन शक्ति र स्थिरताका आधार बुद्ध दर्शनका चार आर्य सत्य (दुख छ, दुखको कारण छ, दुखको निरोध सम्भव छ र दुस्ख निरोधको मार्ग छ) लाई झल्काइएको छ ।

    सुरुमा होटल सेफ्रोनका नाममा निर्माण सुरु भए पनि निर्माण सम्पन्नपछि अन्तर्राष्ट्रिय होटल चेन ह्यात प्लेस नाममा सञ्चालनमा आएको हो । ह्यात ब्रान्ड सन् २००६ मा सुरु भई अहिले संसारभरि ४ सय २० भन्दा बढी स्थानमा फैलिएको छ ।

    बुटवलमा पाँचतारे होटल नभएकाले रुपन्देहीको अग्रणी औद्योगिक घराना यशोदा फुड्स ग्रुपले होटलमा लगानी गरेको हो । होटलमा व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, कमलकिशोर मालपानी, नरिश्वर शर्मा पौडेल, भूमिराज पौडेल, श्रवण बेरिवाल र रेखा मालपानी गरी ६ जनाको संयुक्त लगानी छ ।

    होटलमा भएको कूल लगानीमध्ये ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत ६ जना सञ्चालकको लगानी रहेको सञ्चालक चुन्नुप्रसाद पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

    विभिन्न ६ श्रेणीका १ सय ९ कोठा रहेको होटलमा एक रातमा २ सय ५० पाहुना बास बस्न सक्ने सञ्चालक पौडेलले बताए । होटल र यसका कोठाको डिजाइन थिम शान्ति, आधुनिकता र परम्पराको फ्युजन तथा कहिले पुरानो नहुने रहेको र क्याजुअल कम्फर्टमा सबैभन्दा जोड दिएको पौडेलले बताए ।

    होटलको मुख्य विशेषता अहिलेको व्यस्त जीवनशैली र एकैपटक धेरै काम गर्नुपर्ने पाहुनाका लागि आरामदायी बसाइसँगै दैनिक जीवनका सबै सुविधा सहज र नवीन रूपमा प्रदान गर्नु रहेको उनले बताए ।

    होटलले आन्तरिक र भारतीय पर्यटक लक्षित गरी लबी लेभलमै जिङ बार, १ हजार १ सय वर्गमिटरको बलरुम, तीन वटा हल, फिटनेस सेन्टर, किड्स प्ले जोन, मिट्टी घर डिजाइनमा बनेको स्पा, ज्याकुजी, पर्याप्त पार्किङ जस्ता सुविधा उपलब्ध गराएको उनले बताए ।

    निकट भविष्यमा क्यासिनो समेत सञ्चालन गर्ने तयारी रहेकाले भारतीय पर्यटकको गन्तव्य बुटवललाई गराउन सकिने उनले बताए ।

    मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र हो भनेर सरकारले भन्दै आएकाले सरकारले पर्यटनमैत्री नीति र कानुन निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने होटलका अर्का सञ्चालक कमलकिशोर मालपानीले बताए ।

    होटलले पूर्णक्षमतामा सञ्चालन हुँदा ३५० जनालाई रोजगारी दिनसक्ने जनाएको  छ । जसमा स्थानीयलाई प्राथमिकता दिइएको सञ्चालक नरिश्वर शर्माले बताए ।

    होटलको औपचारिक उद्घाटन २५ नोभेम्बरमा हुनेछ । होटल निर्माणकै क्रममा होटलको पश्चिमतर्फको कुसुम पथमा करिब ३ सय मिटर सार्वजनिक सडक करिब ४० लाख रुपैयाँ आफ्नै लगानी गरेर पक्की र सौन्दर्यीकरण गरेको अर्का सञ्चालक भूमिराज पौडेलले बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।