Logo

२०८३, आश्विन ११गते


images
images

वायु प्रदूषण

दिल्लीमा वायु प्रदूषण 'घातक' तहमा

दिल्लीमा वायु प्रदूषण 'घातक' तहमा

images
  • दिल्लीमा वायु प्रदूषण 'घातक' तहमा
    images
    images

    काठमाडौँ । दिल्लीमा वायु प्रदूषणले लगातार बढिरहेको छ । सोमवार बिहान १० बजे, दिल्लीमा औसत वायु गुणस्तर सूचकांक (एक्यूआई) ४६९ पुगेको छ, जुन 'धेरै खराब' श्रेणीमा पर्दछ ।

    images
    images
    images

    यसलाई नियन्त्रण गर्न दिल्लीमा ग्राडेड रेस्पोन्स एक्सन प्लान-३ अन्तर्गत लगाइएका प्रतिबन्धहरू अप्रभावी साबित भइरहेका छन् ।

    images
    images
    images

    आइतवार, वायु गुणस्तर सूचकांक ३७० थियो । सोमबार बिहान दिल्लीमा धुवाँको बाक्लो कम्बल देखिएको छ । विज्ञहरूका अनुसार, ३०१ देखि ४०० को एक्यूआईले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउन सक्छ ।

    images
    images
    images

    विज्ञहरूले दिल्लीमा बढ्दो प्रदूषणले मानिसहरू बिरामी पर्न शुरु भएको बताएका छन् । धेरै क्षेत्रहरूमा मानिसहरूले सास फेर्न गाह्रो भइरहेको अनुभव गरिरहेका छन् । आइतबार, मानिसहरूले दिल्लीको खराब वायु गुणस्तरको विरुद्ध इन्डिया गेटमा विरोध प्रदर्शन गरेका थिए ।

    वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वायु प्रदूषण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।