Logo

२०८३, आश्विन ११गते


images
images

दिल्ली विस्फोट

दिल्ली विस्फोट: अहिलेसम्म ८ जनाको मृत्यु, २४ जना घाइते

दिल्ली विस्फोट: अहिलेसम्म ८ जनाको मृत्यु, २४ जना घाइते

images
  • दिल्ली विस्फोट: अहिलेसम्म ८ जनाको मृत्यु, २४ जना घाइते
    images
    images

    काठमाडौँ । भारतको दिल्लीको लाल किल्ला नजिकै कारमा भएको ठूलो विस्फोटमा परेर अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    भारतीय मिडियाहरुले विस्फोटमा ८ जनाको मृत्यु भएको र २४ जना घाइते भएको उल्लेख गरेका छन् । विस्फोटको कारण स्पष्ट छैन, तर दिल्ली, मुम्बई, हरियाणा र उत्तर प्रदेशमा उच्च सतर्कता जारी गरिएको छ ।

    images
    images
    images

    यसैबीच, प्रधानमन्त्री मोदीले गृहमन्त्री अमित शाहसँग कुरा गरेको उल्लेख गरिएको छ । प्राप्त जानकारी अनुसार, सोमबार साँझ भारतीय समय अनुसार ६:५५ बजे फोर्ट मेट्रो स्टेशनको गेट नम्बर १ को पार्किङमा पार्किङ गरिएको इको कारमा विस्फोट भएको थियो । आगलागी नजिकै पार्किङ गरिएका अन्य कारहरु पनि जलेको बताइएको छ ।

    images
    images
    images

    घटनापछि प्रहरीले क्षेत्रलाई घेरा हालेको छ । फोरेन्सिक टोली आइपुगेको र वरपरको क्षेत्रको सीसीटीभी फुटेज जाँच भइरहेको छ । त्यस्तै घटनास्थलमा एनआईए र एनएसजी कमान्डोलाई खटाइएको मिडियाहरुले उल्लेख गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिल्ली विस्फोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।