Logo

२०८३, आश्विन ११गते


images
images

दिल्ली विस्फोट

दिल्ली विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो

दिल्ली विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो

images
  • दिल्ली विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुग्यो
    images
    images

    काठमाडौँ । भारतको दिल्लीमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १२ पुगेको छ । मृत्यु हुनेमा दुई महिला थपिएका छन् ।

    images
    images
    images

    बीस जना घाइतेको उपचार भइरहेको छ भने दुई जनाको शव पहिचान भइसकेको र बाँकीको डीएनए परीक्षण मार्फत पहिचान गरिने भारतीय मिडिया दैनिक भास्करले उल्लेख गरेको छ ।

    images
    images
    images

    सोमवार साँझ लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै चलिरहेको कारमा शक्तिशाली विस्फोट भएको थियो । विस्फोटमा सेतो आई २- कार प्रयोग गरिएको खुलेको छ ।

    images
    images
    images

    कालो मास्क लगाएका एक व्यक्ति मेट्रो स्टेशन पार्किङबाट बाहिर निस्कँदै गरेको कारमा बसिरहेको देखिएको थियो । उनको पहिचान पुलवामाका निवासी डा. मोहम्मद उमर नबीको रूपमा गरिएको छ । प्रहरीले उमरले आफैंलाई विस्फोटक पदार्थले विस्फोट गराएको अनुमान गरिएको छ । कश्मीर प्रहरीले डीएनए परीक्षणको लागि पुलवामामा उनकी आमा र दुई भाइहरूलाई हिरासतमा लिएको छ ।

    समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार प्रारम्भिक प्रहरी अनुसन्धानले विस्फोटमा अमोनियम नाइट्रेट, इन्धन र डेटोनेटर प्रयोग गरिएको खुलासा गरेको छ ।

    यसैबीच, भुटानको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले दिल्ली विस्फोटमा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरे । उनले सम्पूर्ण राष्ट्र दिल्ली विस्फोटबाट प्रभावित परिवारहरूको साथमा उभिएको बताउदै दोषीहरूलाई नछोडने प्रतिबद्धता व्यक्त गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिल्ली विस्फोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।