Logo

२०८३, श्रावण ३०गते


images
images

मधेस प्रदेश

मधेशमा सरकार गठनविरुद्धको रिटमा कारण देखाउ आदेश : मुख्यमन्त्रीलाई महत्वपूर्ण निर्णय नगर्न निर्देशन

मधेशमा सरकार गठनविरुद्धको रिटमा कारण देखाउ आदेश : मुख्यमन्त्रीलाई महत्वपूर्ण निर्णय नगर्न निर्देशन

images
  • मधेशमा सरकार गठनविरुद्धको रिटमा कारण देखाउ आदेश : मुख्यमन्त्रीलाई महत्वपूर्ण निर्णय नगर्न निर्देशन
    images
    images

    काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

    images
    images
    images

    रक्कीप्रसाद साह र सुजित यादवले मधेशमा सरकार गठनविरुद्ध दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न आदेश दिएको छ ।

    images
    images
    images

    साथै इजलासले यस रिटमा कारण देखाउ आदेश समेत दिदै मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्ति गर्नुको कारण सोधेको छ ।

    images
    images
    images

    एमाले संसदीय दल नेता यादव संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले विवादस्पद तरिकाले संविधानको धारा १६८ को ३ उपधारा अनुसार सबैभन्दा ठुलो दल एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेर एक होटलमा शपथ गराएपछि विवाद भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश
  • # मुख्यमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।