Logo

२०८३, आश्विन ११गते


images
images

बिहार चुनाव

विहारको एक्जिट पोल: एनडीएलाई स्पष्ट बहुमत, प्रशान्त किशोरको प्रभाव देखिएन

विहारको एक्जिट पोल: एनडीएलाई स्पष्ट बहुमत, प्रशान्त किशोरको प्रभाव देखिएन

images
  • विहारको एक्जिट पोल: एनडीएलाई स्पष्ट बहुमत, प्रशान्त किशोरको प्रभाव देखिएन
    images
    images

    काठमाडौँ । भारतको बिहार चुनावको एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको एनडीएलाई बहुत्मत आउने संकेत दिएको छ ।

    images
    images
    images

    १३ एजेन्सीहरूको सर्वेक्षणले एनडीएलाई १५४ सिटको जितको भविष्यवाणी गरेको छ । त्यस्तै महागठबन्धनले औसतमा ८४ सिट जित्ने अनुमान गरिएको छ भने अन्यले ५ सिट जित्न सक्ने अनुमान गरिएको छ ।

    images
    images
    images

    पहिलो पटक चुनाव लडिरहेको प्रशान्त किशोरको जन सुरज पार्टीले यस चुनावमा कुनै प्रभाव पार्न नसकेको एक्जिट पोलले देखाएको छ । यसले ३-५ सिट जित्ने अनुमान गरिएको छ । गत चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्यले ८ सिट जितेका थिए । यसको अर्थ एनडीएले यस पटक लगभग २९ सिट बढी जित्ने अनुमान गरिएको छ भने महागठबन्धनले २८ सिट गुमाउने अनुमान गरिएको छ ।

    images
    images
    images

    राज्यमा २४३ सिटका लागि दुई चरणमा चुनाव भएको थियो । पहिलो चरणमा १२१ सिटका लागि ६५ प्रतिशत मतदाता मतदान भएको थियो भने दोस्रो चरणमा रेकर्ड ६७ प्रतिशत मत देखिएको थियो । नतिजा नोभेम्बर १४ मा घोषणा गरिनेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिहार चुनाव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।