Logo

२०८३, कार्तिक २५गते


images
images

राजनीति

ओलीले मदन भण्डारीको अपमान गरे : प्रचण्ड

ओलीले मदन भण्डारीको अपमान गरे : प्रचण्ड

images
  • ओलीले मदन भण्डारीको अपमान गरे : प्रचण्ड
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले मदन भण्डारीको अपमान गरेको आरोप लगाएका छन् ।

    images
    images
    images

    नेपाली कम्युनिष्ट पार्टी र कमरेड भीम रावल नेतृत्वको 'मातृभूमि जागरण अभियान, नेपाल' का बीच पार्टी समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको एमालेले मदन भण्डारी र उनका परिवारलाई अपमान गर्ने काम गरेको आरोप लगाएका हुन् ।

    images
    images
    images

    प्रचण्डले भने- 'एमाले मदन भण्डारीको लाइनबाट अलग बाटोमा गएको छ । ओलीले नै मदन भण्डारीलाई बहुविवाह गरेको र सहकारी ठगेको भनेर अपमान गरे । मदन भण्डारीकी पत्नी विद्या भण्डारीलाई नै सदस्यता नदिने भनेपछि कुन तहको अपमान भएको छ, सजिलै बुझ्न सकिन्छ ।'

    images
    images

    प्रचण्डले एमालेलाई दम्भ र अहंकारको घर भएको भन्दै ओलीले आफु जस्तै नेतालाई भित्र्याएको व्यंग्य गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।