Logo

२०८३, श्रावण ३०गते


images
images

चैतभित्रै ज्योतिनगर पहिरोको समस्या हल गर्न र पिडितलाई राहत दिन मुख्यमन्त्रीको निर्देशन 

चैतभित्रै ज्योतिनगर पहिरोको समस्या हल गर्न र पिडितलाई राहत दिन मुख्यमन्त्रीको निर्देशन 

images
  • चैतभित्रै ज्योतिनगर पहिरोको समस्या हल गर्न र पिडितलाई राहत दिन मुख्यमन्त्रीको निर्देशन 
    फाइल फोटो
    images
    images

     बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले चुरे क्षेत्रभित्रको बुटवल ज्योती नगरका पीडितहरुका लागि न्याय प्रदान गर्न सबैलाई समन्वय गरी यथासक्य छिटो परिणाम दिने गरी अगाडि बढ्नका लागि सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

    images
    images
    images

    शुक्रबार चुरे क्षेत्र र ज्योति नगर पहिरो नियन्त्रणसँग सम्बन्धितहरुसँग मन्त्रालयमा भएको सम्वनयात्मक बैठकमा सरोकारवालाई निर्देशन दिदैं मुख्यमन्त्री केसीले भने, “प्रदेश, संघीय सरकार एवं चुरे वन संरक्षण कार्यका लागि लाग्ने कार्यालयहरुले माघ पहिलो सातादेखि नै कार्यन्वयनका लागि दैनिक कार्यसूची बनाएर अगाडि बढ्नुहोस् ।" 

    images
    images
    images


    जसरीपनि  चैत्रसम्म ज्योति नगरको पहिरोको समस्या हल गर्ने र ठूलो विपत्तिमा परेका कोहि पनि प्रदेशवासी जनतालाई राहत प्रदान गर्ने कार्यबाट कसैलाई पछाडी हट्ने छुट छैन भएको मुख्यमन्त्री भनाइ छ ।

    images
    images
    images

           
    सरोकार राख्ने सबै कार्यालयलाईहरुलाई ३ महिनाभित्र काम गरी सो पहिरो पीडित जनतालाई राहत प्रदान गर्दै जनतालाई सरकार भएको अनुभूती गराउनु पर्ने बताउँदै केसीले जनतालाई सेवा दिन सबैले दत्त चित्त भएर काम गर्न र कर्मचारी समयन्त्रले पनि जनताको संम्वेदनशीलतालाई ध्यानमा राखेर काम गर्नका लागि निर्देशन दिए ।

        
    चुरे कार्यान्वय इकाई बुटवलबाट ज्योतिनगर पहिरो नियन्त्रण लागि २ करोडको १५ लाख र खानेपानीबाट करिव ६५ लाख बजेटको कार्यन्वयन तत्काल गर्ने विषयमा सबैसँग सहकार्य गरी अगाडि बढ्नुपर्नेमा मुख्यमन्त्री केसीको जोड थियो।

                
    कार्यक्रममा बुटवल उपमहानगरपालिका मेयर शिव सुवेदीले चुरे क्षेत्र अन्तर्गत आफ्नो उपमहानगरपालिकाभित्र रहेको ज्योतिनगरको पहिरो नियन्त्रणका लागि नगरले सकेसम्म गरेको बताउँदै  प्रदेश सरकार र संघीय सरकारबाट सहयोग गर्नका लागि अनुरोध गरेका थिए । 

          
    बैठकमा लुम्बिनी प्रदेश प्रमुख सचिव डिल्लीराम शर्माले लुम्बिनी प्रदेशभित्र ज्योतिनगरका पहिरो पीडितलाई कार्यन्वयनमा परिणाम देखिने गरी काम गर्नका लागि प्रदेश सरकारका विभिन्न मन्त्रालय तयार रहेको बताएका थिए ।

          
    मुख्यमन्त्रीले सबैलाई दिएको निर्देशनबाट अब काम हुन्छ भन्ने कुरामा विश्वास लागेको बैठकमा सहभागी पहिरो पीडितले बताए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।