Logo

२०८३, कार्तिक २९गते


images
images

जेनजी आन्दोलन

आत्म समिक्षा नगरे इतिहासले कसैलाई क्षमा नगर्ने डा. बाबुराम भट्टराईको चेतावनी

आत्म समिक्षा नगरे इतिहासले कसैलाई क्षमा नगर्ने डा. बाबुराम भट्टराईको चेतावनी

images
  • आत्म समिक्षा नगरे इतिहासले कसैलाई क्षमा नगर्ने डा. बाबुराम भट्टराईको चेतावनी
    images

    काठमाडौँ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले  अहिले देशमा आगो लागेको बेला झगडा गरेर बस्ने समय नभएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले घरमा आगो लागेको बेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा गर्ने समय नभएको भन्दै अहिले मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला भएको बताएका हुन् ।

    images
    images
    images

    उनले सबैले मिलेर आत्म समिक्षा नगरे इतिहासले कसैलाई क्षमा नगर्ने चेतावनी समेत दिएका छन् नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो ।

    images
    images

    उनले भनेका छन्:‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, सुरक्षा, संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अवस्थामा छ । घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप-प्रत्यारोप गर्ने वेला यो हैन । वरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो । सबैले गम्भीर आत्म-समीक्षा गरौं ! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन !’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।