Logo

२०८३, कार्तिक २९गते


images
images

विद्यार्थी दिवस

आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस : विद्यार्थीहरुको योगदानलाई स्मरण गरिदै

आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस : विद्यार्थीहरुको योगदानलाई स्मरण गरिदै

images
  • आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस :  विद्यार्थीहरुको योगदानलाई स्मरण गरिदै
    images

    काठमाडौं । आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस विद्यार्थीहरुको योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । 

    images
    images
    images

    १९३९ मा चेक रिपब्लिकको प्राग विश्वविद्यालयमा नाजी आक्रमणको सम्झनामा प्रत्येक वर्ष नोभेम्बर १७ मा अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाइन्छ, जसको परिणामस्वरूप विद्यार्थी नेताहरूलाई मृत्युदण्ड दिइएको थियो र विश्वविद्यालयहरू बन्द गरिएका थिए । आज, यो दिनले विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बहुसांस्कृतिकता र योगदानलाई सम्मान गर्दछ र उनीहरूको अध्ययन गर्ने र स्वतन्त्र रूपमा आफूलाई अभिव्यक्त गर्ने अधिकारको वकालत गर्दछ ।

    images
    images
    images

    हरेक वर्ष झै यस वर्षपनि 'दिगो विश्वका लागि भविष्यका नेताहरूलाई सशक्तिकरण गर्दै' भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाईँदै छ । 

    images
    images

    विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् । विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै नोभेम्बर १७ लाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउन थालिएको हो ।

    तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् । अन्तर्राष्ट्रिय विद्यार्थी दिवस किन मनाउन थालियो भन्नेबारे थोरै चर्चा गरौँ । त्यसो त अन्तर्राष्ट्रिय विद्यार्थी दिवस अन्य कुनै मितिमा केही विश्वविद्यालयहरुले मनाउने गरेका छन् । यो विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थी पढाउने विश्वविद्यालयहरुले मनाउने गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्यार्थी दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।