कृष्ण अन्जान, बुटवल । भर्खर तेईस बसन्त पार गरेका आभुषण खनालले व्यवस्थापन सम्हालेकाे भलवारीकै पहिलाे ठुलाे हाेटल हिडन प्यालेस प्राइभेट लिमिटेडले स्थानिय युवाहरुलाइ राेजगारीका साथै गुणस्तरीय सेवा दिँदै आएकाे छ ।
सन्चालनकाे करिब एक वर्ष पुरा हुन लाग्दा याे हाेटलले आफ्नाे सेवाले आन्तरिक र वाह्य पर्यटककाे मन मात्र जितेकाे छैन, धरैका लागि आकर्षणकाे केन्द्र बनेकाे छ । हाेटलका प्रबन्ध निर्देशक खनालले आफ्नो लक्ष्य गुणस्तरीय सेवा, आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन, पर्यटनबाट समृद्धि हासिल र युवा हरुलाइ राेजगारी भएकाे बताउँदै साेहि अनुसार सेवा दिईरहेकाे बताउँछन ।
हाेटल हिडन प्यालेसमा सुविधा सम्पन्न ३४ वटा काेठा रहेकाे र जसमा २ वटा डिलक्स जुनियर स्विट, ९ वटा क्विन बेड र बाँकी २३ वटा ट्विन बेड रहेका छन ।
यसैगरि अल डे डाइनिँग रेष्टुरेन्ट, सेमिनार हल समेत रहेकाे हाेटलमा ३ सय ६० भ्यु वार हाउस डाेम व्याँकिट हल स्विमिँग पुल बेकरी समेत निर्माण करिब सम्पन्न भएकाे हाेटल का प्रबन्ध निर्देशक खनालले जानकारी दिए ।
हाेटलले हेल्थ क्लव जिम हाउस फन पार्क सँगै यहि सिजनमा स्विमिँग पुल लगाएत सँरचना निर्माणका लागि १० कठ्ठा जग्गा लिजमा लिएर काम भईरहेकाेमा सम्पन्न हुने चरणमा रहेकाे हाेटल हिडन प्यालेश भलवारीका कार्यकारी अध्यक्ष भुवन खनालले जानकारि दिए ।
हाेटल भित्र पुग्दा पुर्ण पारिबारिक बाताबरण र स्थानिय स्वादकाे आभाष पाइने हिडन प्यालेसकाे विशेष विशेषता युवाहरुबाट प्राप्त स्वागत भएकाे व्यवस्थापक बिनाेद ज्ञवालीले बताए।
करिव सात वर्ष बेलायतमा हाेटल म्यानेजनेन्टकाे अध्यन सकेर फर्किएका विनाेद ज्ञवाली पनि ३० वर्ष काटेका छैनन । हाेटलले युवाहरुलाइ लक्षित गरि भ्यालेन्टाइन डे 'स्पेशल इभेन्ट' सँगै सप्ताहव्यापी 'सफ्ट ओपेनिँग' कार्यक्रम सन्चालन गरिरहेकाे छ ।
मुख्यतया भलवारी क्षेत्रलाइ परिचय गराउनुका साथै गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थल र भारतिय नाका हुँदै लुम्बिनी क्षेत्रमा आउने पर्यटकहरु लाई लक्षित गरि हाेटल सन्चालन भईरहेकाे हिडन प्यालेस प्राइभेट लिमिटेडका अध्यक्ष अन्जु शर्मा खनालकाे भनाई छ ।
हाेटलकाे संरचना निर्माणमा १७ कराेड खर्च भइ सकेकाे निर्माण कार्य सम्पन्न हुदा करिव ५० प्रतिशत लगानी बढेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology